logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बारबर्दिया सुशासन समितिको संयोजकमा सुभाष र उपसंयोजकमा सीमा चयन


  • जन आकाश
  • आइतबार, साउन १५ २०७४

गोमा न्यौपाने
बर्दिया,१५ साउन । बर्दियाको बार बर्दिया नगरस्तरीय सुशासन , प्रेस तथा विकास समितिको संयोजकमा फुबलारी एफ एमका स्थानीय प्रतिनिधि सुभाष परियार र उपसंयोजकमा युवा बिद्यार्थी सीमा आर्चाय चयन हुनु भएको छ
पी सी एनका केन्द्रिय अध्यक्ष यम घिमिरेको विशेष उपस्थितिमा बार बर्दियामा आयोजित युवा बिद्यार्थीहरुको भेलाले उनीहरुलाई संयोजक उपसंयोजकमा चयन गरेको हो ।
विकासका गतिविधिलाइ स्थानीय संचार माध्यमद्दारा प्रकाशन,प्रसारण र प्रचारप्रसार गरि सुशासन प्रर्वद्धनमा जोड दिदै आएको प्रेस क्लब अफ नेपाल (पी सी एन)ले प्रदेश नम्बर ५ र ७मा सुशासन ,प्रेस र विकास समिति गठन गर्ने कार्यक्रम अन्र्तगत बार बर्दियामा पनि नगरस्तरीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा भरत पुरी,नरेन्द्र परियार,लक्ष्मी खरेल,प्रेंका चौधरी,सम्झना चौधरी,खेमसुन्दर थारु,खेमबहादुर थारु,रमा थारु,सृजना शर्मा,सुजाता नेपाल रआरती चौधरी चयन हुनु भएको पी सी एनले जनाएको छ ।
स्थानीय तहलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन, स्थानीय तहमा कृयाशील निकायकोे भूमिका र दायित्वलाई स्पष्ट पार्दै उनीहरुलाई पनि जवाफदेही एंव पारदर्शी बनाउन, स्थानीय तहबाट भए गरेका काम कारवाहीलाई संचारमाध्यमद्धारा प्रकाशन प्रसारण गर्न, विकासका कार्यहरुको अनुगमन र मूल्यांङ्कन गरी आवश्यक राय सल्लाह दिन समितिले संचारपैरवीका साथै साक्षात्कार ,अन्तरक्रिया एंव सचेतनाका कार्यक्रमहरु पनि संचालन गर्ने पी सी एन अध्यक्ष यम घिमिरेले बताए ।
स्थानीय विकासमा कृयाशील जनप्रतिनिधी,सरकारी तथा गैर सरकारी निकाय, संचारमाध्यम,सहकारी र निजी क्षेत्र निजी क्षेत्रले गरेका रचनात्मक कार्यहरुलाई संचार माध्यमद्धारा प्रकाशन एंव प्रसारण गरि विकासमा जनसहभागिता अभिबृद्धि गरि जनप्रतिनिधीहरुलाई विकास कार्यमा अझ बढि हौसला प्रदान गरिने छ ।
स्थानीय विकास,सुशासन,प्रेस स्वतन्त्रता, पर्यटन प्रर्वद्धन र प्रकृति संरक्षणमा कृयाशील संस्था प्रेस क्लब नेपाल (पी सी एन ) ले पत्रकार तथा प्रशिक्षार्थी पत्रकारहरुलाई एक सुत्रमा आबद्ध गर्दे समसामयिक तथा विकास सम्बन्धि कार्यलाई संचार माध्यमद्दारा प्रकाशन एंव प्रसारण गरि विगत १६बर्षदेखि स्थानीय विकासमा योगदान पुरयाईरहेको प्रेस क्लब अफ नेपालले समाज विकासमा योगदान पुरयाउने संचारकर्मी,नागरिक अगुवा,जनप्रतिनिधी,राष्ट्रसेवक कर्मचारी ,उधोगी व्यवसायीलाई सम्मान गरि उनीहरुको हौसला बढाउने कार्य पनि गर्दे आईरहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend