logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जिम्बा जाङबु शेर्पाको प्यानल घोषणा


  • जन आकाश
  • मंगलबार, साउन १७ २०७४

काठमाडांैं । यही २१ गते हुन गइरहेको नेपाल पर्वतारोहण संघको निर्वाचनको लागि जिम्बा जाङ्वु शेर्पा समूहको प्यानल घोषणा भएको छ । हिजो लैनचौर बैक्युटमा पत्रकार सम्मेलन गरी उक्त प्यालन घोषणा गरिएको हो ।
अध्यक्षः जिम्बा जाङबु शेर्पा
प्रथम उपाध्यक्षः भूमी लाल लामा
द्वितीय उपाध्यक्षः ङीमी शेर्पा
महासचिवः कुलबहादुर गुरुङ
सचिवः पी. छेवाङ शेर्पा
कोषाध्यक्षः विमल कुमार नहर्की
सदस्यहरुः डा. हरि श्रेष्ठ, आङ छेवाङ शेर्पा, तुलसी गुरुङ, पेम्बा दोर्जे शेर्पा, दुर्गानाथ (बलराम) न्यौपाने, मुकुन्द पोखरेल, दा गेल्जे शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र देवीप्रसाद पन्त (पर्यटन पत्रकार) रहेका छन् ।
उक्त समूहमा प्रतिनिधि अनुभवी नेपाल पर्वतारोहण व्यवसायमा लामो समयदेखि व्यवसाय गरिरहेका र अन्तर्राष्ट्रियस्तरमा समेत ख्याती कमाएका पेम्वा दोर्जे शेर्पादेखि मजदुर पत्रकार, व्यवसायी, साझा संस्थाका पदाधिकारीहरु समेत रहेका छन् । त्यो आधारमा उनीहरुको दावी सबै क्षेत्र समेटेको हुनाले हामीले जित्छौं भन्ने भनाई उनीहरुको रहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend