logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सन्तवीर लामा समूहको उम्मेदवारी घोषणा


  • जन आकाश
  • बुधबार, साउन १८ २०७४

काठमाडौं । नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि सन्तवीर लामा समूहले आज वैशाली होटल ठमेलमा पत्रकार सम्मेलन गरी पदाधिकारीहरुको नामावली सार्वजनिक गरेको छ । पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ ।
सन्तविर लामा अध्यक्ष, दिवस बिक्रम थापा प्रथम उपाध्यक्ष, माया शेर्पा द्वितीय उपाध्यक्ष, बोधराज भण्डारी महासचिव, टिकाराम गुरुङ सचिव, सुदर्शन न्यौपाने कोषाध्यक्ष, शिवबहादुर रहेका छन् भने सदस्यहरुमा शिवबहादुर सापकोटा, विनय शाक्य, ठाकुरप्रसाद सापकोटा, संजीव गुरुङ, सुमन प्रसाद न्यौपाने, सिंगी लामा, उर्गादेवी श्रेष्ठ, मिङमार शेर्पा, पासाङ टेण्डी शेर्पा सहित १५ जनाको नाम उम्मेदवारीमा घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष विवशविक्रम राणाले समेत वास्तविक व्यवसायीहरुको हकहित आजको आवश्यकता रहेको औल्याउनु भएको थियो भने विभिन्न उम्मेदवारहरुले अशल व्यवहारका लागि सक्षम नेतृत्व संघले खोजेको र त्यो नेतृत्व दिन सन्तवीर लामा सक्षम रहेको बताएका थिए । त्यसक्रममा हलमा तालिको पर्राले सभालाई थप ऊर्जा प्रदान गरेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend