logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

देवी ज्ञवालीका छोरा निरब पक्राउ


  • जन आकाश
  • बुधबार, साउन १८ २०७४

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरोपमा प्रहरीले निरब ज्ञवालीलाई पक्राउ गरेको छ । उनलाई बुधबार पुतलीसडकबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको हो । ज्ञवाली भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा हुन् । भरतपुर महानगरको मतपत्र च्यातिएपछि निरबले माओवादी उम्मेदवार रेणु दाहाललाई अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
सोही स्टाटसका आधारमा रेणुका पति अनिलकुमार पाठकले चितवन प्रहरीमा उजुरी दिएका थिए । पाठकले डोटीका एसबी भनिने सन्तोष बोहोराविरुद्ध पनि उजुरी दिएका थिए । चितवन प्रहरीले साइबर क्राइममा मुद्दा दायर गरी पक्राउ गर्न काठमाडौं प्रहरी परिसरमार्फत आग्रह गरेकाले उनलाई पक्राउ गरिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए । उनलाई हिरासमा लिई अनुसन्धान भइरहेको र पुष्टि भए साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने कार्कीले बताए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend