जन आकाश
चितवन । प्रधानमन्त्री शेरवहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माणको काम युद्धस्तरमा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडक विस्तारमा भैरहको प्रगतिको निरीक्षण गर्न चितवन आएका प्रधानमन्त्री देउवाले दासढुङ्गामा आयोजित कार्यक्रममा सरोकारवालाई यस्तो निर्देशन दिएका हुन् ।
उनले दशै अघि सडक निर्माणको काम सम्पन्न गरेर निर्वाध रुपले यातायात संचालनको वातावरण बनाउन सरोकारवालालाई सचेत गराए । प्रधानमन्त्रीले देउवाले भने‘सरकारले लाइफलाईनको रुपमा मुग्लिन–नारायणगढ सडकलाई लिएको छ,बजेटको समस्या छैन, केहि समस्या परे मलाई सिधैं भन्नुहोस् तर काम छिटो सम्पन्न होस् ।’
प्रधानमन्त्री देउवाले कुनैपनि बाहानामा समयमा काम पूरा नगर्ने र ढिलासुस्ती गर्नेलाई कारवाही गरिने चेतावनी समेत दिए । प्रधानमन्त्रीसंगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सडक विभागका अधिकारी पनि चितवन आएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend