जन आकाश
काठमाडौं । भरतपुर महानगरपालिकामा पर्सी पुनः निर्वाचन गर्ने निर्णय गरेको एमालेले जनाएको छ । निर्वाचन अधिकृत र सबै दलहरुका प्रतिनिधिको बैठकपछि मतदानको मिति तोकिएको बताइएको छ ।
दुई महिनाअघि भरतपुर १९ को मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । त्यसपछि आयोगले छानबिन समिति गठन गरी प्रतिवेदनका आधारमा पुनः मतदान गर्ने निर्णय गरेको थियो । त्यसकाविरुद्ध सर्वोच्च अदालतमा रिट परेपनि पुनः मतदान गर्ने आयोगकै निर्णय सदर भएपछि भरतपुरमा पुनः मतदान हुने भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend