जन आकाश
काठमाडौं । नेपाल पर्वतारोहण संघको निर्वाचन भोलि हुँदैछ । त्यस निर्वाचनमा दुई समूहले भाग लिएका छन् । एउटा जिम्बा जाम्बु समूह र अर्को सन्तवीर लामा समूह त्यसमध्ये जिम्माजाम्बु समूह बलियो स्थितिमा रहेको जानकारहरुले बताएका छन् । जिम्मा जाम्बु समूहले योग्य, दक्ष र लामो समयदेखि पर्वताआरोही क्षेत्रमा काम गरिरहेका अनुभवी व्यवसायी, आरोही, विश्व किर्तिमान बनाएका पेम्वा दोर्जे शेर्पादेखि, डाक्टर हरिप्रसाद श्रेष्ठ, आरोही कै किर्तिमान बनाउन चर्चित ङिमी शेर्पा, भूमिलाल लामा विजनेश क्षेत्रमा राम्रो दख्खल बनाएका र डिग्री हासिल गरेकादेखि लिएर पत्रकार देवीप्रसाद पन्त हुँदै विभिन्न हिमालहरुमा २०–२५ पटक सम्म आरोही बनेर अरुलाई हिमाल चढाउन सहयोगी भूमिका खेलेका लाक्पा तेन्जी शेर्पा समेतको उम्मेदवारीले नेपाल पर्वतारोहण संघमा जिम्मा जाङ्बु समूहको सम्भावना बढेर गएको देखिन्छ ।
चुनाव प्रचारप्रसार तथा उम्मेदवार परिचयात्मक कार्यक्रम हिजो लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा प्रतिनिधिहरुको हजारौंको उपस्थिति रहेको देखिन्थ्यो भने ५ जना निर्विरोध हुनुभएका पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो । मन्तव्य राख्ने क्रममा आरोही लाक्पा राङ्डु शेर्पाले आरोहीहरुको पीडा कसैले नसुनेको र आरोहीहरुले जोखिम उठाएर भीर पहरा हुँदै हिमाल चढ्दा, चढाउँदा र त्यसबाट सफलता प्राप्त गरिसकेपछि नाम अरु देशको मान्छेको आउने तर हामी अरोहीहरुलाई कुनै प्रमाणपत्र समेत नदिने गरेर सरकारले दुःख दिइरहेको छ । यो समस्याको समाधान गर्नसक्ने विश्वास व्यक्त गरेका थिए भने लाक्पा राङ्डु शेर्पाले नेपाल सरकारबाट हामीले पैसा मागेका छैनौं सम्मान खोजेका छौं । त्यो सम्मान नपाउँदा राष्ट्रको प्रतिष्ठामा समेत अप्ठ्यारो परेको छ । देशको लागि किर्तिमान बनाएका आरोहीहरु विदेश पलायन हुनुपर्ने अवस्था सृजना भएको छ । यस्तो अवस्था आउन नदिन व्यवसायी, नेपाल सरकार दुबैलाई भित्री हृदयबाट अनुरोध समेत गरेका थिए । त्यतिबेला खचाखच हलमा सबै नेपालीहरुमा नेपाली माटोमा बगाएको पसिना मेहनतको प्रतिबिम्बित भावना प्रष्टिएको हुनाले सबैले गम्भीर भएर सुनेका थिए ।
राती अबेरसम्म चलेको कार्यक्रममा नेपाली लोकदोहोरी, तामाङ सेलो, शेर्पा गीत गाएर व्यवसायी, आरोही, आमन्त्रित विदेशी पाहुनाहरुसमेतले नाचगान गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend