जन आकाश
चितवन । जेठ १४ गते राती दलका प्रतिनिधिले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को गणनाका क्रममा मतपत्र च्यातलेपछि विवाद विवाद भएपछि सो वडामा साउन २० गते पुनः मतदानका क्रममा करिब साढे दुई महिनापछि चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकामा माओवादी र काँग्रेसको गठबन्धनबाट मेयर पदमा उठेकी उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छन् ।
एमालेका देवी ज्ञवाली भन्दा २ सय ३ मत बढी प्राप्त गरी रेणु मेयरमा निर्वाचित भएकी हुन् । रेणु दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे । भरतपुर वडा नम्बर २० मा नेपाली कांग्रेस प्यानल विजयी भएको छ । कांग्रेसको उम्मेदवार १ हजार ४ सय ४७ मत प्राप्त गरी निर्वा्चित भए भने एमालेका ८ सय ८४ मत प्राप्त गरे । वडा नम्बर २० मा ३३ सय १४ मत खसकोमा ५० मत बद भएको निर्वाचन कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा वैशाख ३१ गते पहिलो चरणमै निर्वाचन भएको थियो ।
पुनः मतदान गर्ने निवाचन आयोगको निर्णय विरुद्ध एमाले कार्यकर्ताले सर्वोच्चमा रिट हालेपछि फैसाल हुन लामो समय लागको थियो । सर्वोच्चले आयोगको निर्णयको पक्षमा फैसला सुनाएपछि १९ नम्बर वडामा पुनः मतदान गरिएको थियो । विवादका कारण बाँकी रहेको १९ मा पुनः मतदान गरेपछि १९ र २० नम्बर वडाको मतगणना गरिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend