logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

खनेको खाल्डोमा डुबेर ४ बालिकाको मृत्यु, एक वेपत्ता


  • जन आकाश
  • आइतबार, साउन २२ २०७४

रौतहट । ४ बालिकाको निर्माण कम्पनीले खनेको खाल्डोमा परेर रौतहटमा मृत्यु भएको छ । शनिबार दिउँसो रौटहटको गरुडा नगरपालिका ४ मा सडक निर्माणको क्रममा दुर्गा निर्माण सेवाले खनेको अव्यवस्थित खाल्डोमा जमेको पानीमा डुबेर ४ बालबालिकाको मृत्यु भएको हो । यस्तै अर्का एक बालिका वेपत्ता भएकी छिन् ।
मृत्यु हुनेमा गरुडा नगरपालिका ४ का बासिन्दा राम एकवालकी छोरी १२ वर्षीया सुनिता शाह, ९ वर्षया संगिता शाह, नागेन्द्र शाहकी ९ वर्षीया छोरी सुनैना शाह र नारायण शाहकी ९ वर्षीया छोरी सुश्मिता शाह रहेका छन् । वेपत्ता अर्की बालिकाको पहिचान हुन बाँकी रहेको छ ।
घाँस काटेर घर फर्किँदै गरेका उनीहरु खाल्डोमा नुहाउनको लागि पुग्दा डुब्न पुगेको बताइएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय गरुडा भन्दा १०० मिटर पश्चिम रहेको छ । गत जेठ महिनामा सडक डिभिजन कार्यालय रौतहटको लगानीमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend