logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिचाईमन्त्री गौतमदारा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण


  • जन आकाश
  • मंगलबार, साउन २४ २०७४

कमला हमला 
बांके । सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतम राष्ट्रिय गौरवका आयोजना निरीक्षण गर्ने क्रममा सोमवार सांझ बहुचर्चित भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निरीक्षण गर्नुभयो ।
मन्त्री गौतमले सिचाई मन्त्रालयका सचिव रामनन्द प्रसाद यादव, सिचाई बिभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारी ,जलउत्पन्न बिभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारी समेतको सहभागितामा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाकोे निरीक्षण गर्दे छिटाछरितो र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।
सिचाई मन्त्री तथा नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय कुमार गौतम राष्टिय गौरवका आयोजनाहरुको निरीक्षणका क्रममा सोमबार साझ बांके आईपुग्नु भएको हो । उंहाले बांके,बर्दिया र सुर्खेत तथा कैलालीमा रहेका राष्टिय गौरवका र साना सिचाई आयोजनाहरुको निरीक्षण गर्नुहुनेछ ।
सोमबार बुद्ध एयरको उडानबाट नेपालगंज ओर्ले लगतै मन्त्री गौतमले कोहलपुरस्थित चण्डवागांउको कटानग्रस्त क्षेत्रको निरीक्षण समेत गर्नुभयो । उंहाले सोमवार राती र मंगलवार बिहान भेरी बबई डाईभर्सन आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको स्वकीय सचिव विशेष गौतमले जानकारी दिनुभयो ।
सिचाई मन्त्री एंव बर्दिया कांग्रेसका सभापति गौतमले आज मंगलबार बिहान ११बजे बारबर्दियाको सिउनीयामा शहिद एंव नेपाली कांग्रेस बर्दियाका पुर्व सचिव स्वर्गीय गोविन्द पौडेलको शालीक अनावरण गर्नुहुने कार्यक्रम छ । शालीक अनावरण गरे लगतै मन्त्री गौतम कैलाली चिसापानीस्थित रानीजमरा सिचाई अयोजनाको निरीक्षण गर्नु हुनेछ ।
भोली असार २५गते बुधवार मन्त्री गौतमले राजापुरको कर्णाली नदी नियन्त्रण आयोजनाको स्थलगत निरीक्षण गर्ने, कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा सरिक हुने र सोही दिन ठाकुरद्धारा र सुर्यपटुवा सिचाई आयोजनाको निरीक्षण गरि काठमाण्डौ फर्कने कार्यक्रम रहेको सिचाई मन्त्री गौतमको निजी सचिवालयले जनाएको छ ।
मन्त्री गौतमको स्वागर्ताथ नेपाली कांग्रेस बाकेका सभापति किरण कोइराला,बर्दियाका उपसभापति मिश्रीलाल यादव,सचिव जीवन मल्ल ,ने वि संघका पुर्व केन्द्रिय उपाध्यक्ष दिपक भण्डारी, प्रेस युनियन बाकेका अध्यक्ष जयनारायण शाह,तरुण दल बांकेका सहसचिव बिमल चन्द,नेपालगंज उपमहानगरका उपमेयर उमा थापा, कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु चौधरी , निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल लगायतका संयौ नेता तथा कार्यकर्ता राझा बिमानस्थल पुग्नु भएको थियो ।
घ ब्ततबअजmभलतक



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend