logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिचाईमन्त्री गौतमद्वारा शहिद गोविन्द पौडेलको शालीक अनावरण


  • जन आकाश
  • बुधबार, साउन २५ २०७४

शुभाष परियार



बाँके । सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतमले  राष्ट्रिय गौरवका आयोजना निरीक्षण गर्ने क्रममा मंगलबार दिउसो बार बर्दियाको वडा नं ७ सिउनीयामा निर्माण गरिएको शहिद गोविन्द पौडेलको शालीक अनावरण गर्नुभएको छ ।

शालिक अनावरण कार्यक्रममा बोल्दै गौतमले सरकारको उदेश्यय अनुरुप बबई, रानीजमरा, भेरी डाईभर्सन लगायतका राष्ट्रिय गौरव र अन्य सानातिना आयोजनालाई समयमै सम्पन्न गरि कृषि क्षेत्र र विकासमा क्रान्ति ल्याउन आफु लागि परेको बताउनु भयो । उंहाले सिचाई ,सडक र भौतिक पुर्वाधार विकासमा पछाडि पारिएको बर्दियालाई आफु मन्त्री छदा छिटोछरितो प्रभावकारी काम गरि कृषि तथा पर्यटनमा आधारित उधोगधन्दाको विकास तथा विस्तारद्धारा समग्र बर्दियालाई समृद्ध बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

आफुसमग्र बर्दियाली जनताका हक हित र  विकासका लागि जहिलेपनि काम गर्न तैयार रहेको बताउदै सिचाईको विकास तथा विस्तारद्धारा कृषि तथा पर्यटनमा क्रान्ति ल्याउन सकिने बताउनु भयो । उंहाले बर्दियाको कंग्रेसमा गोविन्द पौडेलको योगदान अतुलनीय रहेको बताउदै उंहाको सपनालाई आफु लगायत सबै कंग्रेस कार्यकर्ताले पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस बर्दियाका तत्कालिन सचिव गोविन्द पौडेललाई तत्कालिन ने क पा माओवादीका कार्यकर्ताहरुको आक्रमणमा परि मारिएका थिए।

शालिक निर्माण समितिका अध्यक्ष जयबहादुर खत्रीको अधयक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापति अरुणप्रकाशसिंह राठौर,महासमिति सदस्य मालती सोडारी,नेपाल शिक्षक महासंघका केन्द्रिय उपसचिव ज्ञानेन्द्र रावल लगायतले बोल्नु भएको थियो । मन्त्री गौतमले हिजै रानीजमरा सिचाई र भेरी बबई डाईभर्सन आयोजनाको निरीक्षण गर्नुभएको छ ।

भोली बुधबार मन्त्री गौतम रानीजमरा सिचाईको निरीक्षण गरि  नेपाली कांग्रेस राजापुरले आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक भई र कर्णाली नदी नियन्त्रण आयोजना र सुर्यपटुवा तथा शिवपुर सिचाई आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend