जन आकाश
बर्दिया । शुक्रबारदेखिको अविरल वर्षाका कारण बर्दियाको बबई तथा मान लगायतका नदी तथा खोलामा आएका बाढिले एक बेपतmा र ३ जना घाईते भएका छन् भने ५३ घर बिस्थापति भएका छन् । बाढीका कारण १सय ७० घर डुबानमा परेका छन् भने एक घरमा पुर्ण रुपमा क्षति पुगेको छ ।
स्थानीय ओराली खोलामा आएको बाढीले शनिवार बिहान बगाएर बार बर्दिया नगरपालिका वडा नम्बर १०का २५ बर्षीय राजेन्द्र थारु बेपता भएका हुन । बाढी आएको हेर्न खोला किनारमा गएका बेला ढिस्कोबाट खसेर थारु बेपतmा भएका हुन ।
बबई नदीमा आएको बाढीले घर भत्किदा बासगढी नगरपालिका वडा नं १चेपांगमा तुलबहादुर बि क को घर भत्किदा उनका आमा नरकली बि क, ३६ बर्षीय भाई सते नेपाली र १८ बर्षीय छोरी भुमसरा बि क रहेको प्रहरीले जनाएको छ ।
गंभीर घाईते नरकालीलाई थप उपचारका लागि नेपालगंज लगिएको जिल्ला आपतकालिन सुचना केन्द्रका अधिकृत रुपन ज्ञवालीले पी सी एनलाई बताउनु भयो ।
मानखोलामा आएको बाढीका कारण बासगढी नगरपालिका वडा नं ३ खल्लागांउका ५३ घर बिस्थापित भएका छन् भने ओराईखोलामा आएको बाढीले ठाकुरबाबा २ सतघरवामा १ घर पुर्ण रुपमा क्षति हुन पुगेको छ ।
बाढीका कारण बारबर्दियाको बनकट्टीमा १८, बांसगढीको वनगौडिमा ४२, भैसासुरमा १५, ककरौ मटेरियामा २५ , बढैयाताल गाउपालिका ३ सतपतियामा २ , सोही गाउपालिकाको वडा नं २ सानीगाउमा ७ घर डुबानमा परेका छन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा रहनु पर्ने बताउदै सुरक्षा निकाय,समुदाय ,रेडक्रस,विषयगत क्षेत्र सबैलाई विपद प्रतिकार्यका लागि तयारी अवस्थामा रही सहयोग गर्न आग्रह गर्नुभएको छ ।
बबई नदीले प्रभाव गुलरिया,बारबर्दिया नगरपालिकाका जोखिमयुक्त क्षेत्रमा रेडक्रसले तालिमप्राप्त स्वयमसेवक नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले उद्धार टोली खटाएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दियाका सभापति कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend