जन आकाश
बर्दिया । जिल्ला युवा समिति लगायत बिभिन्न संघ संस्थाहरुको आयोजनामा बिविध कार्यक्रम गरि बर्दियामा १७ औं अन्र्तराष्ट्रिय युवा दिवस मनाईएको छ ।
जिल्ला युवा समितिका कार्यालय प्रमुख नीलकण्ठ रेग्मीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बिष्णुबहाुदर थापाको प्रमुख आथित्यतामा प्रभातफेरी, प्रवचन तथा रक्तदान लगायतका कार्यक्रम गरि गुलरियामा दिवस मनाईएको हो ।
कार्यक्रममा शान्ति प्रवद्र्धनका लगि युवाको भूमिका विषयक माध्यामिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु हुने विद्या ज्योति माध्यमिक विद्यालय बढैयाताल ७ का सोयव रजा हजाम , द्वितीय स्थान हासिल गर्नुहुने बबई बहुमुखी क्याम्पसकी गायत्री शर्मा, तृतीय हुने बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाकी सरस्वती उपाध्यायाय र सान्त्वना स्थान प्राप्त गर्नु हुने बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयकै सोनम पुनलाई नगद तथा प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ । प्रथम हुनेलाई रु २ हजार, दोस्रोलाई १हजार ५सय ,तृतीयलाई १हजार सान्त्वना स्थान हासिल गर्नेले ५ सय पुरस्कार प्राप्त गरेका छन् ।
दिवसकै अवसरमा जिल्ला युवा समितिले गुलरिया अस्पताल परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १०जनाले रक्तदान गरेको कार्यालय प्रमुख नीलकण्ठ रेग्मीले पी सी एनलाई जानकारी दिनुभयो ।
यसैबीच १७औं अन्तर्रा्ष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समितिको कार्यालयले शनिबार विहान ८ बजे सदरमुकाम गुलरियास्थित राधाकृष्ण चोकदेखि प्रभात फेरिको आयोजना गरेको छ ।
बार बर्दिया नगरपालिकाका ११ वटै वडाका युवाहरुको सहभागितामा विविध कार्यक्रम गरि मगरागाडिमा अन्र्तराष्ट्रिय युवा दिवस मनाईएको छ । युवा संजाल वडा नं ६ का अध्यक्ष नरेन्द्र परियारको अध्यक्षता तथा बारबर्दिया नगर कार्य पालिका सदस्य टेक बहादुर बि क को प्रमुख आथित्यतामा सो कार्यक्रम भएको हो।
कार्यक्रममा प्रमुख अथिति बारबर्दिया नगर कार्य पालिका सदस्य टेक बहादुर बि क, बार बर्दिया सुशासन समितिका संयोजक सुभाष परियार, स्थानीय पत्रकार राजु नकाल क्षेत्री , युवा नेतृ नारायणी थारु,मगरागाडि रेडक्रसका सभापति लेखनाथ भूसालले आफुहरु सधै युवाको साथमा रहेको र युवाका हकÞ अधिकार प्राप्तीका लागि सधै लागि पर्ने बताउनु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend