logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बालकृष्ण थापा समूहद्वारा पत्रकारमाथि हातपात


  • जन आकाश
  • आइतबार, साउन २९ २०७४

काठमाडौं । आज विहान १०ः३० बजे जन आकाश साप्ताहिकका संवाददाता श्रवण कुमार घिमिरेमाथि हातपात गरेको छ । जन आकाश साप्ताहिकको विशेषाङ्कमा प्रकाशित समाचारलाई लिएर काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका वर्तमान अध्यक्ष बालकृष्ण थापाको मान्छे हुँ भन्दै नारायण बहादुर मगर र योगेश श्रेष्ठ नामका व्यक्तिले श्रवण कुमार घिमिरे र जन आकाश साप्ताहिकका बजार व्यवस्थापक कर्मा लामाथि हातपात गरेका छन् ।
बानेश्वरबाट प्राप्त समाचार अनुसार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्क्यूट पार्टी प्यालेसमा काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १५औं साधारणसभाको रिपोर्ट लिन गएका श्रवण कुमार घिमिरे र जन आकाश साप्ताहिकका बजार व्यवस्थापक कर्मा लामा कार्यक्रम स्थलबाहिर जन आकाश साप्ताहिक हातमा लिएर बसिरहेको बेला एक्कासी नारायण बहादुर मगर र योगेश श्रेष्ठ आई ‘यो पत्रिका कस्को हो, किन बोकेको’ भनेर आज प्रकाशित विशेषाङ्क १५०० प्रति पत्रिका खोसेर हातपात गरेका छन् ।
जन आकाश मिडिया प्रा.लि. अन्तर्गत प्रकाशित जन आकाश डटकमडटएनपी पनि अनलाइनले छिटो छरितो देश, समाजको समसामयिक विषयवस्तु तथा समाजका राम्रा नराम्रा पक्षलाई आम पाठक श्रोतामा पु¥याउँदै आइरहेको छ । प्रजातन्त्रको चार खम्बा आधार मध्ये प्रेस स्वतन्त्रता पनि एक हो । एकतन्त्रीय तानाशाही व्यवस्था हुँदा त प्रेस स्वतन्त्रता हनन् भएको थिएन । तर अहिले मुलुकमा गणतन्त्र स्थापना भई सक्दा पनि पत्रकारमाथि हातपात, पत्रिका वितरणमा रोक लगाइनु र व्यक्तिगत वाक स्वतन्त्रतामा बन्देज लगाउने काम काम बालकृष्ण समूहबाट भएको छ । यसको छानविन गरी दोषीमाथि कारवाही गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछ ।
साथै यस घटनाले काठमाडौं पत्रकार महासंघ, काठमाडौं शाखालाई जानकारी गराइसकेका छौं ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend