logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

राहत बाडन सरकारले बर्दियामा थप हेलिकप्टरको व्यवस्था गर्ने ः सिचाई मन्त्री गौतम


  • जन आकाश
  • मंगलबार, साउन ३१ २०७४

बर्दिया । सिचाई मन्त्री सञ्जयकुमार गौतमले बाढीका कारण सडक भत्केर आवागमन अवरुद्ध रहेको बर्दियाको बाढी प्रभावित क्षेत्रमा जिल्ला दैविप्रकोप उद्धार समितिले माँग गरेमा सरकारले थप हेलिकप्टरबाट उपलब्ध गराउने बताउनु भएको छ ।
बाढी प्रभावितहरुको अवस्था र भए गरेका प्रयास बारे बुझन भुमिसुधार मन्त्री गोपाल दहितसंगै बर्दिया आईपुग्नु भएका मन्त्री गौतमले मंगलबार जिल्ला प्रशासन कार्यालय बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे सो धारणा राख्नु भएको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट बाढी प्रभावितहरुको उद्धार गरि तथा राहत सामाग्री पुरयाउने काम प्रभावकारी रुपमा भएकोमा प्रशंसा गर्दे सिचाईमन्त्री गौतमले जिल्लाको आवश्ककता अनुसार सरकारले थप अर्को हेलिकप्टरको व्यवस्था गरि राहत सामाग्री पुरयाउने कामलाई अझ बढि तीव्रता दिने बताउनु भयो ।
उंहाले बाढी पीडितको उद्धार तथा राहतमा सरकारका तर्फबाट उपलब्ध गराईने साधन स्रोतमा कुनै कमि हुन नदिने प्रष्ट पार्दे मन्त्री गौतमले जोखिमपुर्ण अवस्थामा रहेका ठाउहरुको तत्काल तटबन्ध गर्नका लागि समेत सरकारले बर्दियामा ६०लाख रकम उपलब्ध गराईएको जानकारी दिदै तत्काल मांग भई आएमा आफनो मन्त्रालयले तत्काल तटबन्ध गर्न लाग्ने तार,जाली ,ढुंगाका लागि रकम दिन उपलब्ध गराउन आफनो मन्त्रालय तैयार रहेको प्रष्ट पार्नुभयो ।
देशमा भईरहेको राजनीतिक परिस्थितीका बाढग्रस्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा नगरिएको बताउदै उहाले संकटग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी अधिकारीले प्रयोग गर्न सक्ने अधिकार प्रगोग गर्दे बाढि प्रभावितहरुको उद्धार तथा राहत सामाग्री बितरणमा युद्धस्तरमा काम गर्न सरोकारवालालाई मन्त्री गौतमले निर्देशन दिनुभयो।
बांके र बर्दियाका सम्पुर्ण कर्मचारी र कार्यालयका सवारीसाधन र स्रोतहरुलाई प्रभावकारी रुपले बाढी पीडितको उद्धार तथा राहतमा परिचालन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिदै मन्त्री गौतमले बिदामा बसेका कर्मचारीहरुलाई २४घण्टाभित्र आ आफनो कार्यालयमा हाजिर हुन निर्देशन समेत दिनुभयो ।
बाढीपीडितको तथ्यांक संकलन र राहत बितरण कार्य एकद्धार प्रणालीबाट परि निष्पक्ष रुपमा काम गर्न गराउन सरोकारवाला संघ संस्थाहरुलाई निर्देशन दिदै मन्त्री गौतमले बाढीपीडितको उद्धार,राहत तथा पुर्नस्थापना तथा समग्र व्यवस्थापनमा राजनैतिक दल,जनप्रतिनिधि,सरकारी कर्मचारी र संचारकर्मी सबै सकारात्मक भएर काम गर्नुपर्ने बताउनु भयो ।
उंहाले जब्दीघाटको पुल निर्माणमा लापरवाही गर्ने जो सुकैलाई पनि प्रकृयागत कारवाही हुने प्रष्ट पार्नुभयो ।्
सिचाई मन्त्री गौतमलाई बाढीपीडितको अवस्था र जिल्लामा भए गरका प्रयास बारे बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा कंग्रेस नेतृ मालती सोडारी,माओवादी केन्द्रका तिलक शर्मा हिमाल,गेहेन्द्र ढकाल लगायतले आ आफनो धारणा राख्नुभयो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend