logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्राविधिक शिक्षाको विकासमा अवरोध मान्य हुँदैनः पूर्व संचार मन्त्री पोखरेल


  • जन आकाश
  • मंगलबार, साउन ३१ २०७४

SANYO DIGITAL CAMERA



काठमाडौं । नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले नेपालका हजारौं विद्यार्थीहरु प्राविधिक शिक्षा पढ्न विदेश पलायन भएको प्रति चिन्ता व्यक्त गरेका छन् । राजधानीमा मंगलबार जनआकाश साप्ताहिकको दशौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा बोल्दै उनले सो चिन्ता व्यक्त गरेका हुन् ।
पूर्वसंचारमन्त्री समेत भइसकेका पोखरेलले डा.गोविन्द केसीको अनशनप्रति संकेत गर्दै नेपालको प्राविधिक शिक्षाको विकासमा रोकावट ल्याएको अरोप समेत लगाए । यसले नेपाली विद्यार्थीहरु स्वदेशमा पढ्न नपाएर ठूलो धनराशी सहित बाहिरिनु परेको बताए । उनले गुम्नै लागेको स्वदेशी आकाश सम्बन्धी अधिकार गुम्नै लागेको बेला आफू संचारमन्त्री रहाँदा त्यो अधिकार सुुनिश्चित गरेको दाबी गरे । त्यस्तै पोखरेलले नेपाली राजनीतिक दलहरुको सम्पूर्ण ध्यान नेपालको आर्थिक क्रान्तिमा हुनुपर्ने धारणा व्यक्त गरे । जसमा रुपान्तरित कृषि व्यवसाय र पर्यटनलाई जोड दिनुपर्ने बताउँदै बुद्ध धर्म तथा हिन्ुदु धर्मको आयाम बारे धारणा पनि राखे ।
त्यस्तै कार्यक्रममा नेपालको संस्थापक गर्भनर हिमालय शंशेर जबराले नेपालमा भारतीय मुलका व्यापारी, नेपाली राजनीतिज्ञ, कर्मचारी, ठेकदार, म्यानपावर व्यवसायीको प्रगति भए पनि आम नेपाली जनताको जीवनस्तर माथि उठन नसकेको प्रति चि

पवित्रा दाहाल

न्ता व्यक्त गरे ।
प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालले संचार जगतको विषयमा बोल्दै प्रेस काउन्सिलले नेपाली प्रेसलाई मार्यादित बनाउन प्रयास गरिरहेको बताए । नेपाल पत्रकार महासंघ काठमाडौं साखा अध्यक्ष सन्तराम विडारीले साना संचारमाध्यमप्रति राज्यको दृष्टिकोण संकुचित रहेको भन्दै सरकार र सरोकारवाला पक्षलाई समान दृष्टिकोण बनाउन ध्यानाकर्षण गराए । कार्यक्रमा नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले, समाजसेवी भद्रा घले लगायतका व्यक्तिहरुले जनआकाश साप्ताहिकलाई शुभकामना दिए । जनआकाशले आफ्नो एक दशक प्रवेश गरेको उपलक्ष्यमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल पत्रकार माहासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, वरिष्ठ कलाकार बसुन्धरा भूसाल लगायतलाई सम्मानित पनि गरेको थियो । उक्त कार्यक्रम जनआकाश मिडिया प्रा.लि.का अध्यक्ष मोहन कार्कीको सभापतित्व तथा सम्पादक कुमार अधिकारीले संचालन गरेका थिए भने मिलन लामाले स्वागत मन्तव्य दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend