logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पाँचदिन पछि बर्दियामा बिद्युत सेवा सुचारु


  • जन आकाश
  • बुधबार, साउन ३२ २०७४

बर्दिया । बाढिका कारण अवरुद्ध बनेको बिद्युत सेवा आज बुधबारबाट संचालनमा ल्याईएको छ । बाढीले जलमग्न बनेको गुलरिया सब स्टेशनको सरसफाई तथा बिभिन्न स्थानमा ढलेका पोल, तारहरु नेपाल बिद्युत प्राधिकरणका प्राविधिक तथा कर्मचारीहरुले मर्मत एंव सिधा गरि बिद्युत सेवा सुचारु भएको हो ।
शुक्रबारदेखि बिद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गुलरिया लगायतका बिभिन्न स्थानहरुको सर्वसाधरणहरु अन्धकारमा बस्न बाध्य भएका थिए ।
बिद्युत सेवा सुचारु भएपछि टेलिफोन, ईमेल, ईन्टरनेट लगायतका सेवाहरु सुचारु भई सर्वसाधरणहरुलाई संचार सम्पर्कमा सहजता पुगेको छ । बिद्युत अवरुद्ध हुंदा बन्द रहेका जिल्लाका एफएम रेडियो स्टेशनहरु पनि बिद्युत सेवा सुचारुसँगै संचालनमा आएका छन् । खानेपानी उपभोक्त समितिले पनि खानेपानी धाराबाट पानी बितरण सुरु गरेको छ ।



यसैवीच, बाढीबाट प्रभावितहरुलाई तत्काल आवश्यक पर्ने राहत सामाग्रीको लागि युनिक नेपाल बर्दियाबाट ५ लाख ५० हजार रुपैया सहयोग गरेको छ ।
युनिक नेपालका अध्यक्ष श्री देवमान चौधरीले जिल्ला दैविक प्रकोप उद्धार समिति बर्दियाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापालाई मिति मंगलबार चेक हस्तान्तरण गर्नु भएको हो ।
सहयोग रकमबाट बाढीपीडितहरुलाई तत्काल खाधान्न तथा राहत सामाग्री प्रदान भई प्रभावितहरुको दैनिकी सहज हुने युनिक नेपालले विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend