logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

इन्जिनियर बास्तोलाको नयाँ कृति जीवन एक खोजीको विमोचन


  • जन आकाश
  • बुधबार, साउन ३२ २०७४

काठमाडौं । इन्जिनियर तथा वरिष्ठ जलस्रोतविद सूर्यनाथ बास्तोलाको नयाँ साहित्यिक कृति जीवन एक खोजी बजारमा आएको छ । यस पुस्तकको हालै एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका सभापति गंगा प्रसाद उप्रेतीले विमोचन गरेका हुन् । कार्यक्रममा आफ्नो धारणा राख्दै कुलपति उप्रेतीले यस कृतिले धेरै कुरालाई समातेको र लेखकको आफ्नो जीवन भोगाइका साथै आफ्नो कार्यकालमा भएका र आफूले गरेका कामहरुको बारेमा विवरण समेटिनुका साथै जलस्रोतको विषयमा छिमेकी देश भारतले गर्ने गरेको ब्यवहार, नेपालको कर्मचारीतन्त्रको कमजोरी र राजनितिक नेताहरुको स्वार्थका कारण नेपालले गुमाएको अवसर, लेखक स्वयंले २००७ सालको क्रान्तिका लागि गरेको संघर्ष जस्ता कुराहरु समावेश भएकाले यो जीवन एक खोजी कृति निकै नै ओजपूर्ण भएको बताए ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै राष्ट्रवादी साहित्यकार दीर्घराज प्रसाईले यस पुस्तकमा समेटिएको विषय धेरै नै महत्वपूर्ण भएकाले यसलाई आफूले धेरै ऊर्जा दिएको बताए । जीवन एक खोजीभित्र लेखकले नेपाली समाजको बारेमा सूक्ष्म अध्ययन गर्दै पछिल्लो समयमा समाजमा बढेको अनैतिक कर्मले आफूलाई धेरै नै पीडा भएको तथ्य समेत उजागर गरेकाले यो साहित्यिक कृति ज्ञानबर्धक भएको बताए । पुस्तकको बारेमा बोल्दै लेखक सूर्यनाथ बास्तोलाले आफूले तीन दशकभन्दा बढी समय नेपालको कर्मचारी प्रशासनमा काम गरेकाले आफूलाई नेपालको बारेमा धेरै कुरा थाहा भएको बताउँदै आफूले मुख्य गरी नेपालको जलस्रोतको क्षेत्रमा धेरै नै महत्वपूर्ण कामहरु गरेको, कामको सिलसिलामा विभिन्न देशहरुसँग सन्धि सम्झौता गर्दा आइपरेका समस्या र ती देशहरुको स्वार्थ, नेपालको जलस्रोतमा भारतको दादागरी, पश्चिमा देशहरुको नेपालप्रतिको धारणा, बास्तोला बंशको उत्पत्ति, योग साधना, रेकी विश्वका प्रमुख धर्महरु, वर्तमान विश्वमा बढिरहेको हत्या हिंसाले जन्माएको समस्यागलायतका बारेमा निकै नै सूक्ष्म किसिमले विश्लेषण गर्दै आगामी दिनमा नेपाल पनि विश्व समाजसँग प्रतिस्पर्धा गर्नसक्ने हुन्छ भन्नेमा आशावादी धारणा यस जीवन एक खोजी कृतिमा समावेश गरेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend