जन आकाश
काठमाडौं । निर्वाचन आयोगले साउन ३२ गतेसम्मलाई मतदाता नामावली फाराम भरिसक्नु पर्ने बताएपनि मतदाता नामावलीमा नाम लेखाउनेहरुको अत्याधिक चाप बढेपछि पुनः पाँच दिनको लागि म्याद निर्वाचन आयोगले थपेको छ ।
हाम्रो जन आकाश मिडियाका प्रतिनिधि जिल्ला समन्वय समिति बबरमहल पुग्दा त्यहाँ मतदाता नामावली फारम सकिएको जवाफ त्यहाँका कर्मचारीहरुले दिए । अरु दिनमा मतदाता नामावलीको फारम दिउँसो ३ बजेसम्म वितरण गरिन्थ्यो भने आज दुई बज्न नपाउँदै फाराम सकिएको त्यहाँका कर्मचारीले बताएपछि त्यहाँ विवाद उत्पन्न भएको छ । सेवाग्राहीहरु यस्तो चर्को घाममा लाइन लागेर फाराम पाइन्छ कि भन्दै यताउता भौंतारिरहेका छन् । तर निर्वाचन आयोगले फाराम सकिएको जानकारी दिएपछि त्यहाँ फाराम भर्न आउने सेवाग्राही तनावमा देखिएका छन् ।
हामीले निर्वाचन आयुक्तलाई सम्पर्क गर्दा उनले पनि फाराम सकिएको बताए । ‘हामीहरुले त्यहाँ के भइरहेको छ फाराम सकिएको हो कि अन्य कारणले हो त्यो बुझ्छौं’ भनेर आयुक्तले हाम्रा संवाददातालाई बताएका छन् ।
देशको संवेदनशील निकाय निर्वाचन आयोगले यस्तो प्रश्न गर्न सुहाउँछ कि सुहाउँदैन भनेर त्यहाँ मतदाता नामावली फाराम भर्न आएका एक व्यक्तिले आक्रोश पोख्दै भने– हामी आफ्नो काम छोडेर यहाँ फाराम भर्न आएका छौं तर यहाँका कर्मचारीहरुले फाराम सकिएको जानकारी दिन्छन् के गर्न खोजिएको हो भन्दै’ हामीसँग आक्रोश पोखे । त्यहाँ फाराम भर्न आएका अधिकाँश सेवाग्राहीहरुले यसको म्याद पुनः अझ एक महिना थप्नुपर्ने हाम्रा सहकर्मीसँग बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend