logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दुखेको तराइको पिडामा सहयोग गर्न पहाडबाट झरेका विद्यार्थी नेता पौडेल


  • जन आकाश
  • सोमबार, भाद्र ५ २०७४

गित छ पहाडमा जाडो बढे तराइले सेक्नु पर्छ आधी आए तराइमा पहाडले छेक्नु पर्छ , डुबान र बाढी बाट यतिबेला तराइ रोइरहेको छ सयौको ज्यान जाने गरि र लाखौ घरबार बिहिन हुनु परेको यो पीडा ल सबै नेपाली दुखी बन्नु परेको छ, भारी वर्षा सुरु हुदा पार्टी कामको सिलसिला मा हिमाली जिल्ला मुस्ताङ थिए अनेरास्ववियु केन्द्रिय सदस्य प्रकाश पौडेल तराइ बिक्षिप्त भएको त्यो दृश्यले उनलाइ यति पोल्यो कि उडेर तराइ झरौ जस्तो भयो तर उडन  आकाशको मौसम र गुडने सडक बन्द भए पछि मुस्ताङ मै अनेरास्ववियुको ब्यानर लिइ  बाढी पीडितलाई राहत सङकलन गर्न लागे उनले । भोलिपल्ट जोखिम सडक हुँदै म्याग्दी झरे त्यतिबेला सम्म अनेरास्ववियुले रास्ट्रब्यापी  राहत सङकलन र उद्दारको काम सुरु गरिसकेको थियो । सङठनको योजना पनि कार्यान्वयन गर्दै बाढीले डुबेको तराई झरे प्रकाश  आफ्ना ४ साथी बिजय घर्तिमगर, सुजन हमाल, विशाल कार्की सङै समुन्द्र जस्तै बनेको तराइ डुबेका फ्म्घर देखेर उनिहरु  भाबबिहोल भए र रोजे क्षति धेरै भएको कम नजर पुगेको बस्ती रोजे र पुगे सर्लाही जिल्लाको मलङगा नगरपालिका भाटसर । घोडादौडिमा पुगेर उद्दारको काम गरे त्यस पानी र चिउरा खाएर बसेका १७० घर लाई साथीहरू बाट र अस्ट्रेलिया मा रहेका नेपाली विद्यार्थी  बाट जुटाएको १ लाख ५० हजार बाट खाद्यान्न तरकारी लगायत सामाग्री हस्तान्तरण गरे । भोग शोक र रोगमा छ तराइ सबै मिलौ सहयोग गरौ भन्ने नारा बोकेर २ दिन मलङगा बिताइ त्यसपछि आर्को बस्ति इस्वरपुर नगरपालिका मा रहेको मुसहर डोम वास्तहरु अत्यन्तै पीडा भएको खाद्यान्न न भएको वृद्धहरु खाली आकास मुनि  सुत्नु परेको सुनेपछि कोरियामा रहेका नेपालीहरु बाट र अन्य ठाउँ बाट सङकलित रकम बोकेर  पुनः उनिहरु त्रिपाल खाद्यान्न बोकेर बस्ती बस्ती घुमे र ६० घर परिवार को चुलो बाले , उनिहरुकै पहलमा घर बगेर सुत्केरी महिला बाहिर सुत्नु पने अवस्थामा रहेको लालबन्दी मा रहेको १ घर तत्काल निर्माण का लागि ब्लक हस्तान्तरण गरे । अनेरास्ववियु अध्यक्ष नबिना लामा हरु सिराहमा हजारौ पिडितको घाउमा मलम लगाउदै गर्दा अनेरास्ववियु इलाम केन्द्रिय सदस्य रबिन्द्र सुवेदी को नेतृत्व मा मोरङ झरेको थियो भने प्रकाश पौडेल सर्लाही पुगेर आहतमा परेका जनताको घाउमा मलम लगाउदै थिए । तराईको पिडामा मल्हम लगाउन सकेको सहयोग गर्न लाखौ नेपाली तराइ झरेका कुरा अनेरास्ववियुको नेता संजय दुवाडिले जानाकारी गराउनु भयो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend