logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पाण्डेको योगदानमाथि का“ग्रेसको अन्याय


  • जन आकाश
  • मंगलबार, भाद्र ६ २०७४

धु्रवराज पाण्डे, वरिष्ठ समाजसेवी
विस २०१५ सालमा नै नेपाली काँग्रेसबाट सर्वसम्मत क्षेत्रीय सदस्य भएर लोकप्रियता कमाएका धुर्वराज पाण्डेले नेपाली काँग्रेस पार्टीको लागि सिंगो जीवन खर्चिनु भएको छ भने सामाजिक कामहरु गरेर समाजको सेवा गर्दै विभिन्न ठाउँमा उहाँको उत्तिकै योगदान र चर्चा हुने गरेको छ । उहाँकै नामबाट धु्रवज्योति स्कुल, औषधालय, उहाँको बुवा आमाको नामबाट आयुर्वेदिक औषधालय समेत स्थापना गर्नुभएको छ यसरी सामाजिक कामहरु गरेका धु्रवराज पाण्डेले राजनीतिक रुपमा काँग्रेस पार्टीको सदस्य भई क्षेत्रीय सदस्यसम्म भएका व्यक्ति हुन् । उहाँ विपीका समर्थक भएकै कारण काँग्रेस पार्टीले कुनै पनि भूमिका नदिएर अन्याय गरेको हामीलाई बताएका छन् । उहाँको पृष्ठभूमि यस प्रकार छ ।
सम्हालेको जिम्मेवारी
वि.सं २०१५ सालमा आफ्नो क्षेत्रबाट क्षेत्रीय सदस्य नेपाली कांग्रेसबाट सर्वसम्मत निर्वाचित भएको हो पूर्वक्षेत्रीय प्रतिनिधि क्षेत्र नम्बर २ नुवाकोट, गाउँ विकासको पूर्व गाविस अध्यक्ष रालुकादेवी गाविस, पूर्व निर्वाचित गाविस उपाध्यक्ष रालुकादेवी गाविस नुवाकोट
संस्थापक अध्यक्ष ः टुटुंगा प्रा. वि रालुका ९ नुवाकोट २०३५ साल सम्म वर्ष सञ्चालक समितिको अध्यक्ष भइ शिक्षा क्षेत्रमा सेवा र योगदान रहेको ।
संस्थापक अध्यक्ष रालुका धु्रबज्योति प्रा.वि.–८, नुवाकोट, संस्थापक अध्यक्ष श्री डण्डराज, डम्बर कुमारी स्मृति आर्युवेद औषधालय, अस्पताल नुवाकोट, तादि गाउँपालिका–३, टुटुङ, संस्थापक अध्यक्ष मरनपाटी रालुका ९, टुटुङ्गा, च्यानडाँडा वि.सं. २०४५, क्षेत्रीय उपाध्यक्ष क्षेत्र नं. २ नुवाकोट राजनीति पार्टीबाट ५ वर्षसम्म, जिल्ला सदस्य नुवाकोट २०३९ सालमा सर्वसम्मतिबाट ५ वर्ष सम्म, वडा अध्यक्ष २०५४ सालमा निर्वाचित रालुका–८, नुवकोट टुटुङ, जिल्ला सदस्य नुवाकोट १० वर्षसम्म राजनीतिक पार्टीबाट, सर्वसम्मतिबाट निर्वाचित वडा अध्यक्ष रालुका–९, नुवाकोट २०५५ सालमा ५ वर्षसम्म, सल्लाहकार सदस्य राष्ट्रिय शिक्षा परिषद्, क्षेत्र नं. २, नुवाकोट, स्व. श्री ५ वीरेन्द्र गद्धी आरोहण रजत महोत्सव केन्द्रीय सदस्य वि.सं. २०५३, विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय आजिवन सम्मानित केन्द्रीय सदस्य २०६१, सनातन धर्म सेवा समितिको आजिवन सम्मानित केन्द्रीय सदस्य २०६१, विश्व ब्राम्हण महासम्मेलनको आजिवन केन्द्रीय सदस्य, नेपाल धर्म महासम्मेलनको आजिवन केन्द्रीत सदस्य, शान्ति प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य
श्री ५ हरुबाट प्राप्त विभूषणहरुः
स्व. श्री ५ महेन्द्र भुषण सेवा पदक २०२८, स्व. श्री ५ बीरेन्द्र गद्दी आरोहण रजत महोत्सव पदक २०५३, स्व. श्री वीरेन्द्र, एश्वर्य भुषण सेवा पदक २०५८, तत्कालीन श्री ५ ज्ञानेन्द्रबाट परम सुप्रसिद्ध प्रवल गोरखा दक्षिण बाहुबाट विभूषित २०६२, २०६२ पौष १५गते राष्ट्रिय सभागृहमा हाम्रो नेपाल सामाजिक संस्थाद्धारा वरिष्ठ समाजेवीको सम्मान र अभिनन्दन भएको, सनातन धर्म सेवा समितिबाट २०६२ श्रावणमा अभिनन्दन सम्मान भएको, सनतान धर्म सेवा समितिबाट २०६५ को महाधिराजबाट पुर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित, मिति २०६८।०३।३० ब्यास जयन्ती एवं गुरुपूर्णिमाको पावन अवसरमा सनातन धर्मसेवा अध्यात्मक सेवा सम्मान प्रदान गरेको ।
सामाजिक क्षेत्रमा योगदानः
रालुका गा.वि.स. कोट टुटुङमा रालुका औषधालय आफ्नै सक्रियतामा २०५५ सालमा स्थापना गरी आफ्नै घरमा सञ्चालन र सोही स्थानमा नै औषधालय भवन निर्माण गर्न उपयुक्त ठाउँ घर माथिको चौबाटोमा आफ्नै हक उपभोगको जग्गा मूल्य रु. ५००,००० (पाँचलाख) को पिता डण्डराल र माता डम्बर कुमारीको भवनको लागि कित्ता नं. ३२० को जग्गा १ रोपनी १ आना ३ पैसा जग्गा निशुल्क प्रदान गरेको, मिति २०६५ चैत २७ गते नुवाकोट मालपोत कार्यालयमा रजिष्ट्रेशन पास गरेको र विज्ञापन समेत भएको र हाल सोही ठाउँमा नयाँ भवन चार कोठे सम्पन्न भई श्री डण्डराज डम्बर कुमारी स्मृति अस्पताल शिलापत्र स्थापना भै स्वास्थ्य उपचार भैरहेको छ ।
रालुका ९ को चिहान डाँडामा आफू वडा अध्यक्ष हुँदा आफ्नै निजी लगानीमा २०५४ सालमा सम्पन्न गरेको ।
शैक्षिक क्षेत्रमा योगदानः नुवाकोट जिल्लाको दुर्गम स्थानहरुमा शैक्षिक जागरण ल्याउन पंचायत कालदेखि हालसम्म तन, मन र धनद्धारा सहयोग गरेको । रालुका गा.वि.स.को आफ्नै वडा नं. ९ टुटुङ प्रा.वि.लाई वि.सं. २०४२ साल पौष १४ गतेका दिन ४ रोपनी जग्गा स्कुल भवन निर्माण गर्न निःशुल्क प्रदान गरी सो जमिनको मूल्यांकन रु. १ लाख र २ काठे भवन सोही ठाउँमा बनाउँदा रु. ६५ हजार र पुरानो भवन मर्मत गर्न रु. १० हजार समेत जम्मा रकम रु. १ लाख ७५ हजारको प्रदान गरेको ।
धुब्र ज्योति प्रा.वि. रालुका ८ को विद्यालय भवन २०४५ सालमा करिव रु. ७५ हजारको रकममा आफ्नै निजी लगानीमा गा.वि.स. अध्यक्ष हुँदा सम्पन्न गरी तिन कोठे धु्रब ज्योती नाम विद्यालय भवनलाई हस्तान्तरण गरेको र रालुका ५ नविकरण प्रा.वि.लाई छानाको लागि रु. ५ हजार चन्दा प्रदान गरेको, रालुका ७ प्रभु डाँडा प्राविको भवन मर्मत गर्न ७ हजार चन्दा प्रदान गरेको, रालुका नि.मा.बि. भवन निर्माण गर्न बारीको काठ ५ हजार बराबरको र चन्दा रु. ५ हजार समेत जम्मा १० हजार चन्दा प्रदान गरेको, अमरज्योती मा.वि. खरानीटारको फर्निचरको लागि २०४५ सालमा आफ्नै बारीको रुखहरुबाट रु. ५५ हजार पर्ने काठ उपलब्ध गराई भवन निर्माण गर्दा महत्वपूर्ण योगदान गरेको र विज्ञान मा.वि. नर्जामण्डपलाई २०२५ सालमा भवन निर्माण गर्नको लागि छोरा विज्ञानको जन्म दिनको अवसरमा रु. १० हजार चन्दा प्रदान गरेको र सुन्दरा गाविस सातविसेको भवन निर्माण बखत रु. ५ हजार प्रदान गरेको र भवन मर्मतको लागि रु. ५ हजार चन्दा प्रदान गरेको र भैरवी मा.वि.मा मेरो पिताज्यू डण्डराजबाट २०२० सालमा भवन मर्मतको लागि रु. ५ हजार चन्दा समेत गरी जम्मा १० वटा विद्यालयहरुमा चन्दा प्रदान गरी व्यवस्थापन एवं संचालन गर्न ठोस योगदान गरेको ।
अन्य सामाजिक काम
रालुका गाविसका अधिकाँश वडामा एच.डी.वि. पाइपद्वारा खानेपानी सम्पन्न गर्न सक्रिय योगदान गरेको । रालुका गाविसको अधिकाँश वडाहरुलाई दोर्खुलोला मुहान गरि सिंचाई योजना सम्पन्न गर्न सुरुमा संस्थापक अध्यक्ष भै सम्पन्न गर्न २०४१ सालदेखि हालसम्म ठोस योगदान पु¥याएको । उर्लेनी गाविस. धन्सार फाँटमा दोर्खुखोला मुहान गरी सिंचाई गर्न आफू जिल्ला सदस्य हुँदा २०३९।४० सालमा सहयोग गरि सम्पन्न गरेको । सिखरबेसी फाँट अनेरुखोला मुहान गरि सिचाई संचालन गर्न योगदान गरि आफू सदस्य हुँदा २०४१ सालमा सम्पन्न गरेको ।
विविध सेवाहरुः
दुखी बेसाहारा बिरामी अशक्त र निमुखा जनताहरुको सहयोग र सेवामा अत्यन्त लगनशील भई राष्ट्रको भलो चिताई धार्मिक, सामाजिक सेवामा अविरल रुपले पंचायत कालदेखि हालसम्म अविछिन्न रुपमा सहयोग गर्दै आएको । आफ्नो क्षेत्रमा काठको पुल र पाटीपौवा देवालय, सिवालय आफ्नै निजी श्रोतबाट विभिन्न स्थानहरुमा निर्माण जिर्णोद्धार तन,मन, धनले संरक्षण गरेको ।
दृढ विश्वासः
नेपालको प्रजातन्त्र विश्व इतिहासमा एक अलौकिक पुजको रुपमा पुज्य रहेको व्यहोरा सर्वविदितै छ । यूगिन मूल्य र मान्यता र परिवर्तनलाई विश्व जगतसँग परिचित गराउँदै लैजान नेपाली जनताहरुको ऐतिहासिक गौरवको एक अमुल्य निधि, राष्ट्र र देशको हितकालागि अपरिहार्य रहेको प्रजातन्त्र हो । नेपाली स्वाधिनताको प्रवधन र संरक्षण गर्दै राष्ट्र निर्माणको आफ्नो यात्रामा नेपाली जनताले इतिहासमा खेलेको भूमिका अत्यन्त तुल्य छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend