logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपाल डुबाउने भारतको चाल


  • जन आकाश
  • मंगलबार, भाद्र ६ २०७४

Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage in Saptari-Sunsari border, on Saturday, July 23, 2016. Photo: Byas Shankar Upadhyaya

मोहन कार्की÷आशाराम मुठभरी
काठमाडौं । नेपालका अधिकाँश नदीनालाहरु नेपालबाट भारततर्फ छिर्छन ती नदीनालाहरुलाई स्वतन्त्रपूर्वक बग्न नदिई कृतिम बाँधहरु निर्माण गरेर भारतीयहरुले नेपाल डुबाउँदै आएका छन् । पानीले मात्र होइन सन् १९४७ मा भारत ब्रिटिस साम्राज्यवादीको पञ्जाबाट स्वतन्त्र भयो तर भारत आफै उपनिवेश भएको ब्रिटीशको दाशत्वमा फसेको पीडा विर्सेर नेपालमाथि गिद्दे दृष्टि लगाउँदै आयो । त्यसको परिणाम २०११ सालमा नेपाल–भारत कोशी सम्झौता, २०१६ गण्डक सम्झौतालगायत सन्धी सम्झौता गर्न नेपाललाई संक्रमणकालीन अवस्था सृजना गराई नेपालको अस्तित्व मेट्ने उद्देश्यले काम गरेको देखिन्छ ।
सन् १९६२ मा चीन–भारत युद्धपछि विकसित रिसर्च एनलाइसीस उइङ्ग गुप्तचर संस्था स्थापना गरेको भारतले सन् १९४७ मा सिक्किमको स्वतन्त्र भारतमा गाभ्न सफल पाकिस्तानबाट टुक्र्याएर बंगलादेश बनाउन भूमिका खेलेको ‘र’ले नेपालमा आँखा लगायो र नेपालको अस्तित्वलाई हरण गर्न धेरै प्रयास र हरकद गर्दै आयो तर नेपालीहरुको राष्ट्रिय एकता देशप्रतिको आगाध माया भएकै कारण ‘र’ को याजनाहरु नेपालमा असफल हुँदै गए । नेपाल देश भित्र भारतीय ‘र’ को योजना प्रत्यक्ष÷आक्रामक सफल नहुने देखेपछि नेपालको अर्थतन्त्र ध्वस्त बनाउने, प्राकृतिक स्रोत जस्तो जलविद्युत, सिचाई, विकास गर्न अवरोध सृजना गर्ने त्यसको लागि राजनीतिक पार्टीहरुलाई प्रयोग गर्ने, भौति विकास जस्तै सडक, हस्पिटल, प्शासनको लागि आधुनिक भवन, सैनिकको लागि गोलीगठ्ठा, हातहतियार निर्माण गर्ने काममा समेत अवरोध सृजना गर्न सदनभित्र नै भारतीय योजना छिराएर विभिन्न समितिका नाममा विकासको बाटोलाई अवरोध ग¥यो । एकातिर भने अर्कोतर्फ परिवर्तनका नाममा राजनीतिक पार्टीमा गलत आशय राख्ने नेताहरुलाई प्रयोग गरेर नचाहिँदा मागहरु, मुद्धाहरु उठाएर मजदुर, विद्यार्थी के–के संगठन बनाएर नेपालको राष्ट्रिय उद्योग, कलकारखानामा अवरोध सृजना गरी नेपालको अर्थतन्त्रलाई ध्वस्त बनायो । त्यो राजनीतिक पार्टीका नाममा खोलिएका पार्टीहरुले ‘र’को योजना बोकेर हिँडिरहेका छन् । उनीहरुले नै ‘र’लाई सघाइरहेका छन् । नेपाली जनता एकमुठी साँस रहेसम्म त्यस्ता विस्तारवाद षड्यन्त्रकारीहरुको छलछाममा लाग्ने छैनौं भन्ने भावना व्यक्त गर्छन् तर घुमाउरो बाटो प्रत्यक्ष राजनीतिक पार्टीका सदस्य बनाएर नेपाली सोझा जनतालाई दास बनाइँदैछ ।
विगतमा गरेका कोशी सम्झौता, गण्डक सम्झौता र महाकाली सम्झौताका गल्तीहरुले अहिले नेपालका समथर, उत्पादनमुखी भूभागहरु डुबानमा परेका छन् । सयौंको संख्यामा नेपालीहरुले ज्यान गुमाइ सकेका छन् । हजारौं हजार विस्थापित भएका छन् धनजनको क्षतिको कुरा गरी साध्य छैन । यो परिस्थिति निर्माण गर्न भारतको षड्यन्त्रपूर्वक चाल हो एक राजनीतिक विश्लेषकले भने अनुसार सके भारतले नेपाललाई सिक्किमीकरण गराउने, नसके भूटानीकरण गर्ने त्यो पनि नसके यहाँभित्र नै उसका एजेण्ट छिराएर नेपालीहरुको हरेक कुरामा उन्नति हुन नदिने अवरोध सृजना गर्ने रहेको छ । त्यही योजना अनुसार सदनमा भारतको अनुकूलमा संविधान बनाउन २०७२ को संविधान संशोधन, देशभरी भारतले नेपाललाई नै दुःख दिनेगरी बनाएका बाँधहरु र माथिल्लो कोशी बाँध सम्झौता नेपाल देशकोविरुद्धमा नेपालीलाई नै प्रयोग गर्दैछ । त्यसैका उदाहरणका पात्रहरु राजनीतिक पार्टीका नेताहरु बनिरहेका छन् ।
अहिले देश विपत्तिको अवस्थामा छ । राजनीतिक पार्टीहरुलाई सदनमा जोडघटाउ गर्दै ठिक्क छ । देशका प्रधानमन्त्री भोलि भारत भ्रमण जाँदैछन् । यता विद्रोही संगठन भनिएकाहरु बाँध भत्काउन बम हान्छु भन्छन् शहर, गाउँ, देश विदेशमा बाढीपीडितको नाममा राहत संकलन जारी छ । तर वास्तविक पीडित क्षेत्रमा बाढीपीडितहरुको उद्धार, मृतक परिवारको आफ्नो परम्परा अनुसारको अन्त्यष्टी जस्ता कामहरु समेत सम्पन्न भइसकेका छैनन् । अरु त परको कुरा भयो औषधी उपचार समेत बाढीपीडित क्षेत्रमा पर्याप्त हुन सकेको छैन । यहाँ हूँदै नभएको गर्दै नगरेको भन्ने होइन तर जसरी तराइका जनतालाई परेको पीडामा हिमाल पहाड देश विदेशबाट सम्पूर्ण नेपालीको भावना एकढिक्का भएर उठेको छ त्यही ढंगबाट राज्यसत्ता संचालन गरिरहेका सरकार मातहतका निकायहरुले तदारुकताका साथ त्यहाँ काम गर्न सकेको देखिएन ।
यहाँनेर नेपाली जनताले शंका गरेका छन् भोलिका दिनमा यसैगरी देशको राष्ट्रिय अस्तित्व संकटमा पर्दा अहिलेकै जस्ता शासकहरु सरकारमा परे भने नेपाललाई डुबाउने भारतीय चालमा राजनीतिक पार्टीहरु नफस्लान भन्ने के भन्न सकिन्छ जनताहरुको आक्रोश हो यो ।
नेपाल र भारतबीचको सम्बन्ध जति नजिक छ भनेर प्रचार गरिन्छ । त्यतिनै तनावपूर्ण रहँदै आएको छ । जति नेपालीले भारतलाई विश्वास गर्छन् त्यत्तिनै धोका पाउँदै आएका छन् । वर्तमान प्रधानमन्त्रीले पनि विगतका घटना, व्यवहारिक पक्ष राम्रो अध्ययन गरेर मात्रै भारतसँग सन्धी सम्झौताहरु गर्नुपर्छ र नेपाल र नेपालीलाई फाइदा पुग्ने काम मात्र गर्नुपर्छ हाम्रो प्रधानमन्त्रीको भारत भ्रमण सुखद र नेपालप्रति समर्पित रहोस् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend