logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

काठमाडौं निर्माणमा थापा विजयी


  • जन आकाश
  • मंगलबार, भाद्र ६ २०७४

काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १५औं साधारणसभा तथा आठौं महाधिवेशनबाट बालकृष्ण थापा सहितको टिमले विजय हासिल गरेको छ भने सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष पदमा रामशरण बुढाथोकी टिमबाट चुनाव लडेका ईश्वरराज पन्त, तिलक बहादुर लामा, मनोज श्रेष्ठ निर्वाचित भएका छन् भने माथिल्लो आठवटा पदमा सबै पूरानै टिम निर्वाचित भएका छन् भने त्यसमध्य द्वितीय उपाध्यक्ष र सहकोषाध्यक्ष मात्रै नयाँ अनुहार हुन । अन्य सबै पुरानै कार्य समितिले ठाउँ कब्जा गरेका छन् । पुराना टिमका सदस्यहरुले रामशरण बुढाथोकी र बालकृष्ण थापा समूहमा विभाजित भएर चुनाव मैदानमा उत्रेको भएता पनि सबैजसो पुरानै अनुहारहरुले सफलता पाएका हुन्, सफलता हासिल
गर्ने बालकृष्ण थापा समूहबाट वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद गौतम, प्रथम उपाध्यक्ष कविन्द्र महर्जन, द्वितीय उपाध्यक्ष बासु खड्का, महासचिव सन्त कुमार श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको निर्वाचन परिणाम पछि अध्यक्ष बालकृष्ण थापाले सबैलाई मिलाएर लैजाने धारणा व्यक्त गरेका थिए भने रामशरण बुढाथोकीले चुनावमा हारजित स्वभाविक प्रक्रिया हो । तर चलखेल असामान्य खालको भयो भन्दै आलोचना गरेका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend