जन आकाश
बर्दिया। आफनो कार्यालय परिसरभित्र वातावरण मैत्री फुलबारी तयार गरि सजाउने कार्यलाई निरन्तरता दिन अगुवाई गर्नुहुने बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापालाई बर्दियामा आईतवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । प्रकृति मानव केन्द्रित जन अभियान नेपालको बर्दिया जिल्ला युनिटले प्रजिअ थापालाई सम्मान गरेको हो ।
गुलरिया नगरपालिकाका नव निर्वाचित मेयर मुक्तिनाथ यादवले जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ थापालाई खादा ओढाई र प्रमाण पत्र प्रदान गरि सम्मान गर्नु भएको हो ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कुवरले जिल्ला प्रशासन कार्यालय भित्र वातावरण मैत्री फुलवारी तैयार पारेको सो कार्यलाई हालका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले निरन्तरता दिएकोले सम्मान गरिएको आयोजकले जनाएको छ । प्रकृति मानव केन्द्रित जन अभियान नेपालका जिल्ला अध्यक्ष मेघनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुलरिया नगरपालिकाका नवनिर्वाचित मेयर मुक्तिनाथ यादव, अभियानका उपाध्यक्ष अयोध्याप्रसाद श्रीवास्तव,सचिव बिष्णुप्रसाद तिमल्सिना र सदस्य दयाराम खडकाले हरियाली प्रर्वद्धनमा प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend