logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिन्धु कांग्रेस नेता एमालेमा प्रवेश


  • जन आकाश
  • मंगलबार, भाद्र ६ २०७४

काठमाडौं । तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष एवं महासमिति सदस्य तथा नेपाली कांग्रेसका युवा नेता दोर्जे लामा (हाउडे) तथा तातोपानी गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका प्रभावशाली नेता अमृत खड्का नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज बिहान एमाले मुख्यालय धुम्बाराहीमा आयोजित एक विशेष कार्यक्रममा नेकपा एमालेमा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । बहुदलीय ब्यवस्थादेखि नै लगातार नेपाली कांग्रेसमा जीवन समर्पण गरेका यी दुई नेता एमालेमा प्रवेश गरेपछि सिन्धुको काग्रेस राजनीतिमा नै उथलपुथल आएको छ ।
यद्यपि पछिल्लो समय उनी मोहन बहादुर बस्नेतसँग नजिकिएका भएपनि कांग्रेसभित्र आन्तरिक प्रजातन्त्र नभएको, आफूसँग असहमत भएकाहरुलाई अनावश्यक पेल्ने गरेको, पार्टीमा उचित जिम्मेवारी नदिइएको जस्ता कुराले आफ्नो नेपाली कांग्रेसप्रतिको विश्वासमा गम्भीर चोट लागेको शेर्पाले बताएका थिए । यसैगरी नेपाली कांग्रेसमा लामो समय बिताएका अमृत खड्का स्थानीय स्तरमा समाजसेवी र सबैलाई मिलमइर लानसक्ने क्षमतावान नेताका रुपमा चिनिन्छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका कांग्रेस नेता विष्णु श्रेष्ठपनि जिल्लामा कांग्रेस हस्तीकै रुपमा चिनिन्थे । २०४८ सालदेखि नै निरन्तर नेपाली कांग्रेसमा रहेर राजनीति गरेका श्रेष्ठ पनि नेपाली कांग्रेसमा जिल्ला नेताले गरेको ब्यवहारप्रति असन्तुष्ट थिए । एमालेमा प्रवेश गरेका श्याम शेर्पा पनि नेपाली कांग्रेसका लोकप्रिय नेता थिए ।
आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनीहरुले नेकपा एमालेको लिएको राष्ट्रियताप्रतिको अडान, यसले अबलम्बन गरेको नीति तथा कार्यक्रमले मात्रै देश र जनताको भविष्य बनाउन सक्ने आफूलाई विश्वास लागेर नै नेकपा एमालेमा प्रवेश गरेको र अबका दिनमा आफू पार्टीको अधीनमा रहेर जनताको सेव ागर्न तत्पर रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा पनि सिन्धुपाल्चोकका १२ तहमध्ये नेकपा एमालेले ७ तहमा शानदार विजय हासिल गरेको थियो भने नेपाली कांग्रेस ३ तहमा नै खुम्चिएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend