logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दीर्घकालिन योजना बनाई लागु गर्न बाँके बर्दिया मैत्री समाज जापानको सरकारसँग माग


  • जन आकाश
  • मंगलबार, भाद्र ६ २०७४

बर्दिया । बाँके बर्दिया मैत्री समाज जापानले बाढी लगायत प्राकृतिक बिपतmीबाट जनधनको क्षति नहुने बिषयमा दीर्घकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्न नेपाल सरकार तथा मातहतका निकायसंग जोडदार मांग गरेको छ । समाजका अध्यक्ष जनकविक्रम शाही,महासचिव सुमित गिरी,बर्दिया संयोजक अमृत शर्मा ढकाल,राहत संकलक संयोजकद्धय दिप्ती राजभण्डारी र सुशील मल्लले एक सन्देश प्रकाशित गरि सो मांग गरेका हुन । सन्देशमा बिपतmीमा सन्ताप मात्र गरेर नपुग्ने भएकाले प्राकृतिक बिपतmीबाट जनधनको क्षति नहुने बिषयमा दीर्घकालिन योजना बनाउन नेतृत्व वर्गलाई सुझाव दिएको छ । सन्देशमा बाढीका कारण भएको धनजनको क्षति प्रति गहिरो दुख ब्यतm गर्दे बाके बर्दिया मैत्री समाज जापानले तत्कालका लागि बाढीबाट ज्यान गुमाएकाहरुको परिवारलाई भोली भदौ ५ गते सोमवारका दिन घरदैलोमै पुगेर राहत सामाग्री बितरण गर्ने जनाईएको छ । गुलरियामा नगर उपप्रमुख सुशीला गिरीको हातबाट राहत बितरण गरिने छ । समाजका बर्दिया महासचिव एंव ने वि संघ क्षेत्र नं २ का अध्यक्ष अमृत शर्मा ढकालको संयोजकत्वमा स्थानीय जनप्रतिनिधि, प्रशासन, पत्रकार तथा बुद्धीजीवीको उपस्थितिमा सो सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ । राहत सामाग्रीमा चामल, झुल, म्याट, दाल, चार्जींग लाईट, जीवन जल, नुन, डिटोल साुबन र प्रति परिवार नगद रु ५ हजार रहेको छ । साउन २८ र २९ गते आएको बाढीले बर्दियामा ठाकुरबाबा २का साउनी थारु,ठाकुरबाबा ५का गोविन्द थारु,गुलरिया २का बलबहादुर सिंह र बार बर्दियाका १०का राजेन्द्र थारुको ज्यान गएको जिल्ला दैवि प्रकोप उद्धार समितिको प्रतिवेदनमा उल्लेख छ ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend