जन आकाश
रौतहट । नेविसंघको टोलीले बुधवार रौतहटको चेतनगर स्थित मुसहर बस्तिमा बाढी पिडित १ सय ५० परिवारका लागि राहत सामाग्री वितरण गरेको छ । नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी नेतृत्वको टोलीले बाढी पिडितहरुका लागि राहत सामाग्री वितरण गरेको हो । नेविसंघ काभ्रेद्वारा संकलित झुल, त्रिपाल, चामल र चाउचाउ लगायतका सामाग्री अधिकारी नेतृत्वको टोलीले वितरण गरेको हो । टोलीमा नेविसंघ सहमहामन्त्री माधव ढकाल, केन्द्रीय सदस्य नवराज देवकोटा, रत्नहरि ढुंगेल, पूर्व केन्द्रीय सदस्य सुर्य बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend