जन आकाश
भदौ ८, काठमाडौं । हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले बताए ।
पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend