logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल व्यापार संघको अध्यक्षमा कार्की


  • जन आकाश
  • मंगलबार, भाद्र १३ २०७४

काठमाडौं । नेपाल व्यापार संघको २७औं साधारणसभा तथा १३औं महाधिवेशनबाट सर्वसहमतिबाट कुमार कार्की अध्यक्षमा चयन हुनुभएको छ । कार्की वर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
नेपाल व्यापार संघको उद्घाटन सूचना तथा सञ्चारमन्त्रीले गर्नुभएको थियो । न्यूरोडस्थित मारवाडी सेवा समितिको हलमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, काठमाडौं जिल्लाका कर अधिकृतहरु, पूर्व सीडीओ वर्तमान सरकारी पदाधिकारीहरु विभिन्न व्यापार व्यवसायका प्रतिनिधिहरु, व्यापारीहरुको अतिथि तथा दर्शकहरुको उपस्थितिले कार्यक्रमको सोभा बढाएको थियो । त्यस कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो । झण्डै दुई घण्टा चलेको कार्यक्रममा नेपाल व्यापार संघका महासचिव कृष्णप्रसाद अधिकारीले अधिवेशनमा प्रतिवेदन पढेर सुनाउनु भएको थियो । त्यही प्रतिवेदन सर्वसहमतिबाट पास भई कार्य समिति चयन भएको हो । कार्य समितिका पदाधिकारीहरुको नामावली यसप्रकार छः अध्यक्षमा कुमार कार्की, उपाध्यक्षमा हरि गौतम, महेन्द्रकुमार रायमाझी, गोपीचन्द्र अग्रवाल, श्यामसुन्दर रुंगटा र
गिरिराज पोखरेल तथा महासचिवमा कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
यस्तै, सचिवमा रुक्मिणी सेढाई, रामशरण तिमल्सिना, पवनकुमार अग्रवाल, सुमित प्रधान र कोमलकुमार श्रेष्ठ, कोषाध्यक्षमा सोवित थापा र सहकोषाध्यक्षमा चिफबहादुर थापा निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा भिखारी साह बानिया, प्रमोद चौधरी, निरज बल्ल, हरिप्रसाद ज्ञवाली, कुमार थापा, निरञ्जन सेढाई, सीता सापकोटा, कविराज कार्की, तेजप्रसाद आचार्य, उपेन्द्रराज श्रेष्ठ, हरिराज कँडेल, दीपकप्रसाद सापकोटा, दामोदर पन्त, अन्जन भण्डारी, खडानन्द भट्टराई, कुलबहादुर जिसी, पार्वती पोखरेल, बाङ्छु शेर्पा, गुरुप्रसाद खतिवडा, लाक्पाछिरिङ नेपाली, अनिलकुमार अग्रवाल, अरुणकुमार अग्रवाल, वल्लभप्रसाद बजगाईँ, पवनकुमार सेढिया र रोहिणी राज भण्डारी निर्वाचित भएका छन् । महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष कार्कीले व्यापार संघले आगामी दिनमा व्यापार व्यवसायी गर्नेहरुको हकहितका लागि सशक्त रुपमा लड्ने प्रतिबद्धता गर्नुभएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend