जन आकाश
काठमाडौं । मोरङ जिल्लाबाट सभासद हुनुभएका शयन्द्र वान्तवा प्रजातान्त्रिक राप्रपाबाट मन्त्रीमा नियुक्त हुन लाग्नुभएको छ । राप्रपा पार्टी स्थापनाकालदेखि संस्थापक सदस्य हुँदै हालसम्म राप्रपाको ऐतिहासिक पार्टी एकता महाधिवेशनमा अत्याधिक मतल्याई केन्द्रीत सदस्य समेत रहनुभएका वान्तवा हाल फुटेर बनेको पशुपति शमशेर राणा समूहमा हुनुहुन्छ र सधै धैर्य गर्दै पार्टीको लागि त्याग गरेर आएको हुनाले यसपटक महिला कोटाबाट मन्त्रीमा एक नम्बरमा वान्तवाको नाम सिफारिस भएको छ । अव बन्ने मन्त्री परिषद् विस्तारमा राप्रपाबाट ४ मन्त्री सोही संख्यामा राज्यमन्त्री थपिनेछन् । जसमध्ये सुनिल बहादुर थापा, दिपक बोहोरा, विक्रम पाण्डे मन्त्री मण्डलमा जाने चर्चा भइसकेको छ भने महिला कोटाबाट शयन्द्र वान्तवा लगायत अन्यलाई समावेशीको आधारमा पठाइने प्रजातान्त्रिक राप्रपा स्रोतले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend