जन आकाश
बेल्जियम, गैर आवसीय नेपाल संघ (एनआरएनए) बेल्जियमको आगामी नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षमा वर्तमान महासचिव लोक दाहालले पनि उम्मेदवारी दिने भएका छन् । अधिबेशन नजिकदैं गर्दा बेल्जियममा चुनावी सरगर्मी बढेको छ। लामो समय देखि बेल्जियमलाई आफ्नो कर्म थलो बनाउँदै आएका दाहाल सफल व्यवसायीका रुपमा चिनिन्छन् । महासचिव हुदाँ निकै लोकप्रिय काम गरेका उनले आगामी २ बर्ष २०१७–२०१९ कार्यकालका लागि उम्मेदवारी दिएका हुन् । बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्म क्षेत्र बनाउँदै आएका दाहाल सन १९९९ देखि बेल्जियममा व्यवसायसंगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन् । जनप्रगतिशिल मञ्चको वरिष्ठ उपाध्यक्ष समेत रहेका दाहाल सन २०१३ देखि २०१५ सम्म नेपाली ब्यवसायी संघ बेल्जियमको महासचिव रहेर काम गरेका थिए । बेल्जियमको राष्ट्रिय भाषा डचको राम्रो ज्ञान भएका दाहाल २०७२ वैशाख १२ गते नेपालमा आएको महाविनाशकारी भूकम्पपश्चात ‘पिपुल टु पिपुल बेल्जियमु संस्था मार्फत बेल्जियमका प्रख्यात डाक्टर लिएर नेपाल पुगेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend