logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निर्माण व्यवसायीहरुको भूमिका उल्लेख्यः देउवा


  • जन आकाश
  • आइतबार, भाद्र १८ २०७४

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १९ औं साधारण सभालाई राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको समग्र विकास र उन्नतिको लागि निर्माण व्यवसायको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । गुणस्तरीय निर्माण कार्यलाई बेलैमा सम्पन्न गर्न व्यवसायीहरुलाई निर्देशन दिनुभयो । व्यवसायीका समस्याप्रति सरकार जानकार रहेको भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ूधेरै ऐन कानूनहरु व्यवसायी मैत्री छैनन्, तिनलाई परिमार्जन गर्न सरकार तयार छ ।ू मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन निजी क्षेत्र र सरकारी निकायबीद्धको सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । ूनीजि क्षेत्रलाई उपेक्षा गरी अघि बढ्ने रणनीति सरकारको छैन । ूप्रधानमन्त्रीले भन्नुभयो । वाणिज्यमन्त्री मिन विश्वकर्माले भौतिक पूर्वाधारको विकास विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै पूर्वाधार निर्माणमा निर्माण व्यवसायीको विकल्प अरु कोही हुन नसक्ने बताउनुभयो । सम्बन्धित् हरेक पक्ष इमान्दार भई सरोकारवाला निकायहरुबीच समन्यव हुने हो भने नेपाल चाँडै समृद्ध हुने मन्त्री विश्वकर्माले बताउनुभयो । सिंचाई मन्त्री सञ्जय गौतमले अधिकारको खोजी गर्दा आफ्नो कर्तव्य नभुल्न सबैलाई आग्रह गर्दै निर्माण व्यवसायीहरुसँग हातेमालो गर्न सरकार तयार रहेको बताउनुभयो । कानूनमन्त्री यज्ञबहादुर थापाले व्यवसायीहरुले भोग्दै आएको कानूनी अड्चन समाधान गर्न आफ्नो मन्त्रालय तयार रहेको बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङले गुणस्तरलाई विशेष ख्याल राख्दै प्रविधिमैत्री हुन व्यवसायीहरुलाई सुझाव दिनुभयो । इफाप्काका अध्यक्ष डाटुक म्याथी टिले पूर्वाधर विकासमा लगानी बढाउन नेपाल सरकारलाई सुझाव दिनुभयो । पूर्वमन्त्री विक्रम पाण्डेले नेपालको विकास नेपाली निर्माण व्यवसायीहरुले मात्र गर्न सक्ने भन्दै नेपालमा समयमा नै काम सम्पन्न गर्न नसकेर धेरै विदेशी निर्माण व्यवसायीहरु भागेको उदाहरण प्रस्तुत गर्नुभयो । नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले सरकारलाई मन जित्ने गरी काम गर्न सल्लाह दिँदै त्यसमा सहयोग गर्न व्यवसायीहरु तयार रहेको बताउनुभयो । शेर्पाले महाभूकम्प तथा हालैका बाढीपिडितलाई १०–१० लाख दिन सरकारसँग माग गर्नुभयो । एमालेका भौतिक पूर्वाधार विभाग प्रमुख डाक्टर विजय पौडले साना निर्माण व्यवसायीहरुकोलाई माग सम्बोधन गर्ने गरी अघि बढ्न महासंघ नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । महासंघका अध्यक्ष शरदुकमार गौचनले व्यवसायीहरुले उठाउँदै आएका माग पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने बताउनुभयो । धेरै चुनौतिहरुका माझ नेपाली निर्माण व्यवसायीहरुले उत्कृष्ट काम गरिरहेको अध्यक्ष गौचनको भनाइ थियो । वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ तथा महासचिव रामशरण देउजाले व्यवसायीका विविध समस्या तथा समाधानका उपायहरु चर्चा गर्नुभयो । कार्यक्रममा लोडसेडिङ अन्त्य गर्न निर्णायक भूमिका निर्वाह गरेकोमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ तथा विदेशमा रहेरपनि नेपालको सामाजिक क्षेत्रका उल्लेखनीय कार्य गर्ने गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई प्रधानमन्त्री देउवाले विशेष सम्मान गर्नु भएको थियो । महासंघका उपाध्यक्ष तथा स्थानीय निकायको निर्वाचनमा डडेलधुराको पर्शुराम नगरपालिकाको मेयरमा विजयी भीमबहादु साउदलाई पनि प्रधानमन्त्रीले सम्मान गर्नुभयो । साथै प्रधानमन्त्री देउवाले नेपाली निर्माण विशेषांक तथा निर्माण व्यसाय कर ज्ञानमालाको विमोचन गर्नुभयो । साधारण सभालाई सफल बनाउन सहयोग गर्ने व्यवसायीहरु पूर्णबहादुर तामाङ (कान्छाराम), लक्ष्मणकुमार राना लगायतलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा, निर्माण कम्पनिका प्रतिनिधिहरु सहित विभिन्न व्यापारिक संघ संस्थाका प्रतिनिधिहरु पनि सम्मानित भएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend