logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिमालय एअरलाईन्सको काठमाण्डौं–दमामबीच सिधा उडान


  • जन आकाश
  • आइतबार, भाद्र १८ २०७४

काठमाडौं । नेपाल र खाडि मुलुकबिच उडान सम्बन्ध बढाउदैं हिमालय एअरलाईन्सले दुई देशबीच सिधा उडानहरु गर्दै आएको छ । यसै सिलसिलामा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ काठमाण्डौं र साउदी अरेबियाको दमाम शहर बिच शुरु हुन लागेको सिधा उडानले दुई देश बिचको सम्बन्धविस्तारगर्नुको साथै आवतजावतगर्र्दै यात्रुहरुलाई पनि सेवाप्रदानगर्न सहयोग गर्नेछ ।
नेपालतथा साउदी अरेयिबा बिच सिधा उडान गर्ने हिमालय एअरलाईन्स, नेपालको पहिलो वायुसेवा कम्पनीे हो जसले आप्रवासी नेपालीहरुको मागलाई ध्यानमा राखीदुई देशबीच सिधा हवाई सेवा शुरु गरेको छ । एअरलाईन्सले काठमाण्डौं–दमाम–काठमाण्डौंबीच दैनिक उडानबाट आफ्नोे सेवा सन्चालन गर्नेछ ।
काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान एच–९५५९ बेलुकी २२स्३० (स्थानिय समय) मा प्रस्थान गरेको छ । उत्साहपूर्ण यात्रु सँयाका साथ उडेको सो उडान, दमाम स्थित किङ्ग फाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिन स्थानिय समय अनुसार बिहान ००स्५० मा अवतरण गर्नेछ ।
हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार “काठमाण्डौं र दमाम जोड्ने पहिलो वायुसेवा कम्पनी हुन पाउनुमा हामी धेरै खुशी छौं उहाँले भन्नुभयो । यसपालीको चाडपर्व र जाडो याममा धेरै भन्दा धेरै नेपालीले आफ्नो देश आउन सिधा उडानको सेवा प्राप्त गर्न सक्ने गरि हिमालय एअरलाईन्सले यस उडानको शुभारम्भ गरेको छ । यस उडानले साउदी अरेबियामा विभिन्न पेशामा संलग्न करिब ५ लाख नेपालीलाई सुलभ भाडादरमा सिधा उडानको सुविधा प्रदान गर्ने छ । हामीलाई विश्वास छ कि हाम्रो नेपाली अतिथ्य सेवाले घर फर्कने नेपालीहरु पक्कै खुशी हुनेछन् ।”



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend