logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वीरगञ्जमा एमालेको गर्जन


  • जन आकाश
  • बुधबार, भाद्र २१ २०७४

वीरगञ्ज । नेकपा एमाले पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनु भएका वसुरदिन अन्सारीले वीरगञ्जवासीहरुको सफा शहर, हाम्रो शहर बनाउने लक्ष्यका साथ शिक्षा, स्वास्थ्य, रोजगार एवं पानी पर्दाको हिलो, घाम लाग्दा धुलो शहरलाई आफू मेयरमा निर्वाचित भएको समयदेखि नै यी समस्यालाई समाधान गर्न लाग्ने बताउनु भएको छ । हिजो एक कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले उक्त अभिव्यक्ति दिनुभएको छ । उहाँको पक्षमा जनलहर उत्रिएको स्थानीयवासी एवं नेकपा एमालेका कार्यकर्ताहरुले हामीलाई बताए ।
संघीय समाजवादी फोरम पनि तात्दै
वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले विजय सरावतीलाई मेयरमा उम्मेदवारी उठाएपछि संघीय समाजवादीको चुनावी माहोल पनि तातेको छ । वीरगञ्ज उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत रहेका उनलाई जिताउन वीरगञ्जका व्यापारीहरु यतिबेला तातेका देखिन्छन् ।
ने.क.पा. माक्र्सवादीको पनि उम्मेदवारी
नेकपा माक्र्सवादीबाट पनि वडा नं. १६ मा स्वतन्त्रबाट आफ्नो मजदुर संगठनमा जिल्ला सचिव मनोहर चौरसियाको नाम मनोनयन दर्ता गराएको छ । नेकपा माक्र्सवादी पार्टीले यो भन्दा अगाडीका चुनावमा भाग नलिएको हुनाले राष्ट्रिय पार्टीको रुपमा नभएको हुँदा स्वतन्त्रबाट उम्मेदवारी दिएको छ । र महानगरपालिको मेयरमा माक्र्सवादीकै जिल्ला अध्यक्ष नविन गुप्ताले उम्मेदवारी दिने तयारी गरेपनि समय अभावको कारण मनोनयन दर्ता गर्न नसकेको जनाएका छन् ।
माओवादी केन्द्रका कार्यकर्ताले आप्mनै ब्यानर जलाए
यता वीरगञ्जमा आज मनोनयन दर्ता चलिरहँदा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले लामो समयसम्म पार्टीमा योगदान गरेका कार्यकर्ताहरुलाई अपमान हुनेगरी कुनै बेला माओवादीलाई जिउँदै जलाउन सक्रिय फोरमको व्यक्तिलाई २० नं. वडाको टिकट दिएको आक्रोशमा २० नं. वडाका अध्यक्षको टिकट दावी गरिरहेका समर्थक कार्यकर्ताहरुले पार्टी अध्यक्ष प्रचण्ड अंकीत व्यानर माओवादी केन्द्रको लगाइरहेको टिसर्ट झण्डा सबै जम्मा गरेर विरगञ्ज घण्टाघर चोकमा आगो बाली जलाएका छन् ।
त्यस अवसरमा जन आकाश मिडिया प्रा.लि.का अध्यक्षले तपाइहरुले किन यसरी माओवादी केन्द्रको झण्डा, ब्यानर, टिसर्ट जलाएको भनी सोध्दा हजारौं हजार सहिदको बलिदानबाट स्थापित पार्टीमा पैसाको चलखेलमा टिकट बेच्न पाइँदैन हामीले पार्टीमा पटक–पटक कुरा राख्यौं तर सुनुवाई भएन त्यसकारण विद्रो गरेका हौं भने ।
नेपाली काँग्रेसका मेयर भागे
यसैवीच एभिन्युजको लाइभ कार्यक्रममा घण्टाघर चोकमा बोल्दै थिए नजिकै माओवादी कार्यकर्ताले आगो बालेपछि प्रहरीको सुरक्षा लिँदै कार्यक्रमस्थलबाट नेपाली काँग्रेसका महानगरका मेयर त्यहाँबाट हतार हतार गरेर भागेको दृश्य पनि देखिएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend