logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बर्दियामा विविध कार्यक्रम गरि निजामती सेवा दिवस मनाईयो


  • जन आकाश
  • बिहिबार, भाद्र २२ २०७४

बर्दिया । निजामति कर्मचारीको प्रतिबद्धता पारदर्शिता र चुस्तता भन्ने नाराका साथ निजामति कर्मचारी दिवस २०७४ बर्दियामा विविध कार्यक्रमका साथ मनाईएको छ ।
निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला समिति बर्दियाको व्यवस्थापन तथा निजामति सेवा दिवस मुल व्यवस्थापन समिति बर्दियाको आयोजनामा भएको कार्यक्रममा प्रभात फेरि,प्रवचन, बृक्षारोपण ,स्वास्थ्य शिविर संचालन लगायतका कार्यक्रम गरि दिवस मनाईएको हो ।
निजामति दिवसको अवसरमा कर्मचारीहरुले गुलरिया राधकृष्ण चोकबाट प्रभात फेरि निकालेका थिए ।
प्रभातफेरिमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुख तथा संचारकर्मी समेतको सहभागिता थियो ।
प्रभातफेरिपछि जिल्ला समन्यव समितिको सभाकक्षमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित प्रवचन कार्यक्रममा गुलरिया नगरपालिकाको प्रमुख मुक्तिनाथ यादव, स्थानीय विकास अधिकारी तेजराज शर्मा,कर्मचारी नेताहरु कृष्णप्रसाद उपाध्याय,यमबहादुर खत्री,पशुपति घिमिरे,सुशील चौरसिया,पत्रकार महासंघका प्रदेश सभासद् एंव प्रेस क्लबका अध्यक्ष यम घिमिरे, जिल्ला ईन्जिनिर हरिप्रसाद शर्मा, गैर सरकारी संस्था महसंघका जिल्ला अध्यक्ष बिष्णु तिमल्सििना लगायतले कर्मचारी र जनप्रतिनिधि मिलेर जनतालाई पारदर्शी र चुस्तदुरुस्त रुपमा जनमैत्री सेवा प्रदान गरि जिल्लालाई समृद्ध बनाउनु पर्ने धारणा राखेका थिए ।
दिवसकै अवसर पारेर जिल्ला वन कार्यालयका प्रमुख बलिराम पण्डितको संयोजनमा गुलरियास्थित भादापुल नजिकै बृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइ ,प्रहरी उपरीक्षक जनक भट्टराई, सेनानी पृथ्वीबहादुर थापा लगायतको उपस्थिति थियो ।
यस्तै दिवसकै अवसर पारेर गुलरिया नगरपालिका वडा नं ८ मा जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा स्वास्थ्य शिविर समेत सम्पन्न गरिएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend