logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय बाल दिवस भव्य रुपमा सम्पन्न


  • जन आकाश
  • आइतबार, असोज १ २०७४

ललितपुर महानगरपालिका स्तरिय बाल क्लब सन्जाल र सिविस संस्थाको समन्वयमा ललितपुर महानगरपालिकाले “राष्ट्रिय बाल दिवसको“ अवसरमा आयोजना गरेको बाल प्रतिभा प्रस्फुटन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सभापतित्व समाज कल्याण महाशाखाका बरिष्ठ अधिकृत श्री प्रेम ब. थापाले गर्नु भएको थियो भने ललितपुर महानगरपालिकाका मेयर श्रीमान चिरिबाबु महर्जनले प्रमुख अतिथी आशन ग्रहण गर्नु भएको थियो ।त्यस्तै अधिकृत बाबुराजा महर्जन, स्वास्थ्य शाखा बरिष्ठ अधिकृत सरीता महर्जन साथै बिभिन्न ओडाका अध्यक्ष्हरु साथै अन्य प्रतीनिधिहरुले अतिथी आशन ग्रहण गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न बाल क्लब तथा बिद्यालयका विद्यार्थीहरुले आ–आफ्नो बेजोड प्रस्तुती प्रस्तुत गरेका थिए । बालाबालिकाको त्यस्तो प्रतिभा देखेर ओडा अध्क्ष्य सुदर्शन मिश्रले ति बाल्बालिकामा आफुले रास्टृय कलाकारको गुण देखेको अभिब्यक्ती जाहिर गरेका थिए भने मेयर चिरिबाबु महर्जन्ले बालबालिकाहरुको चौतर्फी बिकासका निम्ती यस्तो कार्यक्रमहरु आफ्नो योजना र कार्य्नितिमा समाबेस गरेको जानकारी गराएका थिए । नृत्य, ने वारी फ्युजन, गित, कबिता साथै अन्य धेरै मनोरन्जन गर्दै कार्यक्रममा प्रोत्साहन स्वरुप सबै प्रतिभावान बालबालिकालाई पुरस्कार बितरण गरिएको थियो बालबालिकाका निम्ती आफुले सधै एस्तो कार्य गर्ने र महानगरपालिकालाई बाल मैत्री बनाउन आफु सक्दो लागी पर्ने प्रतिबद्दता सभापती प्रेम ब. थापाले गरेका थिए भने अतिथी तथा अधिकृत सरीत महर्जन्ले आफु बालबालिकाको हक र हित को लागी लागी परेको र हाल यस सन्जालालाई सह्जिकरण गरी रहेको जानकारी दिएका थिए । मनोरन्जन , मन्तब्य, पुरस्कार बितरण साथै बिभिन्न कृयाकलाप गर्दै गर्दा बालबालिकाहरुले पनि आफु सबै कुरामा सन्तुस्टी भएको बताए सङै कार्यक्रमको समापन भएको थियो । कार्यक्रम सफल हुनुमा कार्यक्रम सन्चालिका कन्चन श्रेष्ठ र रिया खत्री को ठुलो योगदान रहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend