जन आकाश
(श्रवण कुमार घिमिरे ) असोज १३,काठ्माण्डौ – यस वर्ष अर्थात २०७४ असोज १४ गतेको बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ । विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।
दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुनेछ ।टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् ।
असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा सम्पन्न हुन्छ । दशैमा पिङ खेल्ने, आफन्तजन भेला हुने , भोजन गर्ने साथै बिभिन्न मनोरन्जन गर्ने गरिन्छ । दशैमा सकारात्मक आस्थाका साथ सफा मनले आशिर्बाद दिने लिने चलन छ त्यसैले नकारात्मक प्रबृती तथा देखासिकिको प्रवृतिको अन्त्य आफैबाट गर्नु पर्दछ ।
सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनिलाई विजया दशमिको मंगलमय शुभकामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend