logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछाप जि. प्र.का मा यातना


  • जन आकाश
  • शनिबार, असोज २१ २०७४



 

यहि मिति २०७४ असोज १७ गते रामेछाप ,गोकुलगंगा गाउपालिका वडा .नं ४ चौतारा नजिकै खिम्ती हाइड्रोपावर नजिकै खिम्ती खोलामा एक किशोरिको लास फेला परेको थियो । ति किशोरी रोशी घर भइ बेताली बस्दै आएकी १८ बर्षिय अम्बिका बस्नेत रहेको गाउलेले बताए । उक्त युवती अघिल्लो दिननै घर बाट हराएकी थिइन । उक्त हत्याको कारण र कस्ले गर्यो भनेर भन्न सक्ने अवस्था थिएन । गाउँमा निकै हल्ला खल्ला भयो र वारिको छिमेकिको नाताले मामा पर्ने वर्ष १९को राजन कार्कीलाइ आशंकाको भरमा बेताली प्रहरिमा किशोरिका बुवा तेज ब. बस्नेतले दिएको ठाडो उजुरिको भरमा राजन कार्किको बिरामी बुवा एम ब. कार्कीलाइ सलान पानी दिइरहेको अवस्थामा प्रहरी थानामा बोलाइ प्रहरिले त्यहिबाट रामेछापको सदरमुकाम मन्थलि पुर्याएर निर्दोषलाइ जबरजस्ती दोषी बनाउन कुटपिट गरि चरम मानविय यातना दिएको राजन कार्किको घर परिवारले जनाएका छन ।

त्यस यातना सम्बन्धी जन आकाश मिडियाले रामेछापका इनिस्पेकटर राजकुमार थापा सङ बुझ्न खोज्दा अनुसन्धान भइरहेको भनेर अन्य प्रतिक्रिया नदिइ फोन काटेका थिए । आरोपिलाइ समातेको २४ घन्टा भित्र कानुनी कार्बाही गरिनु पर्ने तर एत्रो दिन बित्दा पनि कानुनी विषयलाइ मध्यनजर नगरेकोमा सबैको गुनासो छ ।

यो समाचार दोषी जो सुकैभए पनि नछुटुन तर यातना दिएर निर्दोषलाइ दोषी ठहर गर्ने पुरानो चलन २१औं शताब्दीमा नहोस भन्ने रहेको छ र सम्बन्धित निकायहरु सबैलाइ जानकारी होस भन्ने उद्देश्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend