जन आकाश
(२३ असोज २०७४) का
ठ्माण्डौं, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूह बाट प्रहार भएको गोली लागी नयाँ बानेश्वरको खरीबोट प्रयाग चोकमा मृत्यु भएको छ।
खरिबोटमा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।
गोली लाग्ने बित्तीकै मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्।
प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ।
यती खेर नयाँ बानेश्वर स्थित सिभिल अस्पतालामा प्रहरी , मिडिया कर्मी , अनुसन्धान बिशेष्ज्ञ हरुको बाक्लो उपस्थिती देखिन्छ ।
आखिर चुनाबकै मुखमा क्स्ले हत्या गर्यो होला शान्ती सुरक्षामाथी गम्भिर चुनौती खडा भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend