जन आकाश
२३,असोज २०७४ काठ्माण्डौं (श्रवण कुमार घिमिरे)
सोमबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। उनको शव राखिएको काठमाडौंको निजामति कर्मचारी अस्पतालमा निर्माण व्यवसायीहरुले नाराबाजी सुरु गरेका छन्।
‘हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, निर्माण व्यवसायी एक हौं’ लगायतका नारा लगाइरहेका छन्। निर्माण व्यवसायीहरुले अस्पतालदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरको मूल सडकमा नै निस्किएका छन्।
अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा निर्माण व्यवसायीहरुले देशब्यापी आन्दोलन गर्ने बताएका छन्। दोषीको पहिचान र कारबाही नभएसम्म देशभरी निर्माण व्यवसाय ठप्प पार्ने महासंघका पदाधिकारिहरुले जन आकाश मिडियालाई जानकारी गराएका छन ।
निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जिपछिरिङ लामाले दोषी पत्ता नलागेसम्म गौचनको शव उठाउन नदिने बताएका छन्। केही समयदेखि निर्माण व्यवसायीहरुलाई धम्की र चन्दा माग्ने घटना धेरै भइरहेको भन्दै लामाले त्यसै कारण हत्या भएको हुनसक्ने आश्ंका गर्दै उन्ले सरकार सँग न्यायको माग गरेका छन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend