जन आकाश
श्रवणकुमार घिमिरे
काठमाडौं । २०७४ मंसीर १० र २१ गते हुन गइरहेको प्रादेशिक तथा राष्ट्रिय प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप जिल्लाबाट युवा नेता मोहन कार्की राष्ट्रिय प्रतिनिधि सदस्यको लागि उम्मेदवारी लगभग पक्का भएको छ ।
कार्कीले नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)बाट टिकट पाउने सुनिश्चित भएसँगै देशैभरी मोहन कार्कीको चर्चा हुन थालेको हो । ९ वर्षको उमेरबाट नै राजनीतिमा लागेका कार्कीले नेपालको परिवर्तन र राष्ट्रिय अस्तित्वको लडाइमा निक्कै संवेदनशील काम समेत गरिसक्नु भएको छ । समाजमा हक्की स्वभाव भएकै कारण रामेछापका युवाहरुले कार्कीलाई टिकट दिनुपर्छ भनेर रामेछापदेखि केन्द्रमा दबाब दिन काठमाडौं समेत आएका छन् सम्भवत जनताद्वारा नै उम्मेदवार बनाउनुपर्छ भनेर स्वतस्फूर्त जनता लागेको २०७४ को राष्ट्रिय प्रतिनिधिसभामा उहाँ नै पहिलो व्यक्ति होला ।
को हुन कार्की ?
रामेछाप जिल्लाको ठोसे गाविस डाँडा गाउँ ८ मा २०४० सालमा जन्मेका कार्की विद्यार्थी राजनीति हुँदै विभिन्न संगठनमा रहेर देशभक्ति आन्दोलनको लाइन चलाउँदै आएका व्यक्ति हुन् । त्यसमध्ये २०६५ भदौ २ गते हिन्दीमा शपथ खाएको विषयलाई लिएर उपराष्ट्रपति परमानन्द झाको निवासमा बम प्रहार गर्ने सम्मको साहसी व्यक्ति हुन् त्यसैक्रममा २०६२, २०६५ मा राजनीतिक बन्दीको रुपमा जेल समेत बसिसकेका व्यक्ति हुन् ।
कार्कीले जवसम्म देशभक्ति भावनाले ओतप्रोत व्यक्ति देशको कार्यकारिणी प्रमुखमा पुग्दैन तवसम्म देशको विकास चरम रुपमा गर्न सकिँदैन भन्ने मान्यता राख्दै आउनु भएका कार्की स्पष्ट बोल्ने, छलछाम गर्न नजान्ने, सत्य कुरा आफ्ना होस् अर्काको उजागर गर्दिहाल्ने भएका कारण रामेछाप जिल्लामा निक्कै लोकप्रिय हुनुहुन्छ । पेशाले पत्रकार कार्की एक दशकदेखि जन आकाश राष्ट्रिय साप्ताहिकको प्रधान सम्पादक, धधध।वबलबबपबकज।अयm।लउ अनलाइनको सम्पादक, वैदेशिक रोजगार साप्ताहिकको प्रकाशक, प्रमोटर मार्षिकको प्रकाशक, फेवा सामाजिक संस्थाको संस्थापक अध्यक्ष, रामेछाप सेवा समितिका संस्थापक अध्यक्ष रहिसक्नु भएका कार्की विद्यार्थी, नेता, मजदुर संगठनको महासचिव, संयोजक हुँदै नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका राष्ट्रिय परिषद् सदस्य तथा बाह्रौ राष्ट्रिय सम्मेलन तयारीका सदस्य समेत हुन । कार्कीको अनुभव मजदुर, किसान, विद्यार्थी, भूमिगत राजनीतिको समेत अनुभव भएको र हाल खुल्ला प्रतिस्पर्धा गरेर आर्थिक क्रान्ति गर्नुपर्छ भनेर लागेका कार्कीले रामेछापलाई भौगोलिक परिवेश अनुसार पकेट क्षेत्र छुट्याएर जस्तै कृषिको विकास, खेलकुदको विकास, पर्यटनको विकास, अनुसन्धान केन्द्रहरु, स्वास्थ्य शिक्षालयहरु खोलेर दीर्घकालीन विकास गर्न माथिल्लो भेगमा जडिबुटी प्रशोधन केन्द्र, लघु जलविद्युतहरुको निर्माण, खोलाको किनारै किनारबाट सडक विस्तार, खिम्ती खोलाबाट मझौला जलविद्युत निर्माण रामेछापको चुरे बेल्टमा छोटो दुरीका सडकहरु निर्माण र हिमाली बेल्टमा केवलकारको विकास, प्रीतिमा रहेको सुनुवार समुदायको चण्डी पूजाको व्यवस्थित विकास, शेर्पा समुदायको लागि हिमाली सांस्कृतिक केन्द्र र हिन्दु समुदायहरुको लागि व्यवस्थित मन्दिररहरु अल्पसंख्यक रुपमा रहेका मुस्लिम समुदायलाई समेत रामेछापको विकासलाई ध्यानमा राखेर आआफ्नो धर्म संस्कृतिको स्वतन्त्रता प्रदान गरी काम गर्ने योजना रहेको बताएका छन् ।
रामेछापमा नेपालकै नै लोपोन्मुख जाति हायु समुदायको विकासको लागि विशेष पहल गरेर हायु, सुनुवार जातिहरुको लागि भूजिमा सुनुवार, हायु सांस्कृतिक केन्द्र स्थापना गर्ने योजना रहेको बताएका छन् । रामेछापको लहरेमा अन्तर्राष्ट्रिय फुटबल ग्राउण्ड, मन्थलीमा क्षेत्रीय रंगशाला, बाम्ती भण्डारमा प्रशिक्षण फुटबल ग्राउण्ड, काम्वासमा भलिभलको विकास, दागर दिगरमा भलिबलको राष्ट्रिय स्तरको कोर्ट लाप्चानेमा पर्यटनको विकास, ठोसेमा रहेको फलामखानीको उत्खनन, पाँचपोखरी, जट्टपोखरीलाई संरक्षण गर्नुका साथै पर्यटकीय स्थल निर्माण, थोदुङ गुम्बाको स्तरउन्नति, गुम्देलमा यातायात, स्वास्थ्य र जडिबुटी प्रशोधन केन्द्र, आधुनिक काठ उद्योग स्थापना, दोरम्बा जहा सहिदहरुको रगत पोखिएको क्षेत्रमा स्मारक पार्क, तल्लो क्षेत्रमा विकसित खेती, खाडादेवी, कठ्ठजोर क्षेत्रमा सिचाइको व्यवस्था गरी रामेछाप जिल्लालाई सबै सम्भावना पहिचान गरी बृहत्त रामेछापको विकास गर्ने आफ्नो योजना रहेको कार्कीले जनाएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend