logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रतिनिधिसभाको लागि बुढाहरू र प्रदेशमा युवाहरू भिड्दै


  • जन आकाश
  • बुधबार, असोज २५ २०७४

काठमाडौं । २०७२ को नयाँ संविधान जारी भएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग सृर्जना भएको छ । पुरानो कानुनलाई विघटन गरेर नयाँ व्यवस्था नयाँ संरचना निर्माण गर्दैछ नेपालले । नेपाल देशमा सधैं पुरानो संरचनाबाट कामहरु हुँदै आएको छ । त्यस संरचनालाई परिवर्तन गरेर जनताको व्यवहारिक पक्षलाई वैज्ञानिक ढंगबाट सहज हुनेगरी अवको कानुन, व्यवहार, प्रशासनिक क्षेत्र, राजनीतिक क्षेत्र, आर्थिक शैक्षिक, प्राविधिक सबैमा परिवर्तन हुन जरुरी छ ।
पुरानो संरचनाबाट देशले व्यहोरेको क्षति, जनताले पाएको दुःख र आफ्नो राष्ट्रको प्रतिष्ठामा आएको ह्रास जस्ता विषय आउँदा दिनमा फेरी पनि नदोहोरिउन भन्नकालागि संघीय संरचना अन्तर्गत स्थानीय अधिकार, प्रादेशिक अधिकारमा अधिकारहरु बाँडफाँड भइसकेको छ । त्यो अधिकारलाई कार्यान्वयन गर्न संविधानमा उल्लेख भएबमोजिम जनप्रतिनिधि चयन भएर आउनु पर्ने व्यवस्था अनुरुप स्थानीय निर्वाचन भइसकेको छ भने प्रादेशिक निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । यो निर्वाचनमा जनताको मनमनमा भिजेका साँच्चै नै समाजलाई योगदान पु¥याउन सक्ने नेतृत्व राजनीतिक पार्टीहरुले पठाउनु पर्ने जिम्मेवारी छ ।
त्यो जिम्मेवारी राजनीतिक पार्टीहरुले कति पूरा गर्लान् त्यो त निर्वाचन आयोगमा प्रतिनिधि सदस्यहरुको नामावली बुझाएपछि मात्र त्यसको बारेमा थाहा होला । तर अहिले देशमा के कुरा चाहिँ सत्य हो भने राष्ट्रिय प्रतिनिधिसभाको लागि ठूला पार्टी काँग्रेस, एमालेले पुरानै अनुहार जसलाई नेपाली समाजमा बुढेसकाल लागिसकेका बुढाहरु बढी हावी देखिन्छन् भने प्रदेशमा प्रतिनिधिमा केही मात्रामा युवाहरुले दावी गरिरहेका छन् । यो दावीको कुरामात्र भयो । जेहोस् तिनै तहको निर्वाचन भएर नेपालको राजनीतिक अस्थिरता समाप्त भई देशले विकासको बाटोमा अग्रसर हुन संविधान कार्यान्वयन होस् भन्ने नेपाली जनताको चाहना छिटै पूरा हुँदैछ ।
त्यसपछि जनताले चुनेर पठाएका व्यक्तिहरु नेतृत्वमा पुगेर सक्षम, सवल भई राष्ट्र र जनता सम्झेर काम गरेमा नेपाल देशले काँचुली फेर्न सक्छ । सहिदका सपनाहरु पुरा हुन सक्छन् । सहिदका परिवारले आत्म सन्तुष्टि लिन सक्छन् । युद्धमा घाइते भएका अपाङ्ग, घाइतेहरुले खुशी व्यक्त गर्छन् त्यो सँगसँगै सिंगो राष्ट्र स्वाभिमानका साथ उभिन सक्छ । लोकतन्त्र, गणतन्त्रको आभाष पनि हुन थाल्छ त्यो बाटोमा नेपाल हिँडिरहेको छ । अगाडी उज्यालो छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको शिर सगरमाथा जतिकै उच्च हुनेछ । त्यो स्तरको हैसियत बनाउन हामी नेपालीले नै मेहनत नगरेसम्म हुँदैन । त्यतिको मेहनत गर्न जाँगर चल्ने जनतालाई बनाउन सक्ने क्षमता भएको नेतृत्व यस राष्ट्रिय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चयन भएर आउन यही हाम्रो प्रकाशनको शुभकामना ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend