जन आकाश
काठमाडौं । लोकतान्त्रिक फोरमका राष्ट्रिय उपाध्यक्ष कृष्ण बहादुर तामाङ २०७४ को संघीय प्रदेश सभाको निर्वाचनको लागि रसुवाबाट उम्मेदवारी दिने भएका छन् ।
उनी लोकतान्त्रिक फोरमको राष्ट्रिय उपाध्यक्ष समेत हुन लोकतान्त्रिक फोरमको केन्द्रीय कार्यालय तिनकुनेमा बसेको तीन नं. प्रदेशको छलफलमा कृष्णबहादुरलाई रसुवाबाट उम्मेदवार बनाउने सर्वसहमतिको निर्णय भई सकेको छ । अव केही दिन पछि नै निर्वाचन आयोगबाट औपचारिकता पाउँदै कृष्ण तामाङ रसुवा जिल्लामा चुनाव प्रचार प्रसारको लागि जाँदैछन् । तामाङ बाहुल्यता भएको क्षेत्र रसुवामा चुनाव जित्न सकिन्छ भन्ने आँकलन गरेर र कृष्ण बहादुर तामाङ रसुवामा नै बढी केन्द्रीत भएको हुँदा उक्त जिल्लाबाट उम्मेदवारी दिएको हामीलाई बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend