logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछाप प्रहरी अझै ढुंङे युगमा


  • जन आकाश
  • बुधबार, असोज २५ २०७४

काठ्माण्डौं । आजको २१ औं सताब्दिमा पनि रामेछाप रामेछाप प्रहरी कार्यलयमा मानिशलाई जवर्जस्ती यातना दिएर अपराध कबुल गर्न लगाउने गरेको एउटा घटनाले पुष्टी गरेको छ । २०७४ असोज १६ गते बेतालिस्थित १८ वर्षिय अम्बिका बस्नेत ३ बजे घांस काट्न निस्केको र भोली पल्ट खिम्ती हाइड्रोपावर नजिकै लास भेटिएको थियो ।



अम्बिकाको लास भेटिएपछी प्रहरी बोलाएर पोष्ट्मार्टम गरेर अनुसन्धान भइरहेको बेला गोठ नजिकै भएको छिमेकी रहेको नाताले मृतकको बुवा तेजबहादुर बस्नेतले शंकाको अधारमा राजन कार्की हुनसक्छ भन्ने प्रहरिलाई भने पछी प्रहरिले राजन कार्की लाई प्रहरी बिटमा बोलाई रामेछापको सडरमुकाम मन्थली लिएर गए । अरु कुनै प्रमाणित अधार नखोजिकन मानसिक र शारिरिक यातना दिएर गर कि मर भ बिधुतिय झ्ट्का लगाइ मरणासन्न  हुनेगरी कुट्पिट गरेर उनका आफन्त जनाएका छन र राजन कार्किको घर परिवार कमजोर रहेको र जुन हत्या अरुले नै गरेर प्रहरी प्रशासनलाई पैसा दिएर राजनलाई जवर्जस्ती हत्या स्विकार्न लगाएको हुनसक्छ भन्ने गरेका छन ।

उता हत्या भएकी मृतकको बुवाअ तेज बहादुर बस्नेत लाई फोन गरेर सोध्दा उनले दिउँसो अम्बिकाको दिदिभाई सँगै घाँस काट्न गएको तर फर्कदा छोरा मात्र फर्केको बताए । जुन घटनाको विषयमा सँगै गएको भाईलाई किन केहि थाहा भएन अर्को राती ज्योतिष्लाई हेराएको भन्ने कुरा पनि उन्ले गरे । ज्योतिषले मान्छे जिउँदो छैन भन्ने कुरा गरे भनेका छन् त्यो जिउँदो छैन भन्न सक्ने ज्योतिष्ले किन कसले मार्यो भन्न सकेनन् र प्रहरिले करेण्ट लगाएर जवर्जस्त हत्या स्विकार्न लगायो भन्ने आरोपले के पुष्टी गर्छ भने रामेछाप प्रहरी अहिले पनि ढुंगेयुगमा काम गर्छ भन्ने देखिन्छ ।

कानुनी राज्यमा कानुन भन्दा कोही माथी हुन सक्दैन तर विना कसुर कसैले पनि दण्डित हुनुहुँदैन यो कानुनी सिद्दान्त हो । तर नेपालको हकमा पैसा, पावर हुनेले गरेको अपराध , पैसा र पावरको दुरुपायोग गरेर निमुखा पहुँच नहुनेलाई जवर्जस्ती अपराधी बनाएर वास्तविक अपराधी बच्ने कामहरु विगतदेखिनै हुँदैं आएका छन् त्यस्तै राजन कार्की पनि त्यस्को शिकार नबनुन् । देशका अनुसन्धान क्षेत्रमा काम गर्ने राष्ट्र सेवक हरुले निष्पक्ष छानबिन गरेर राजन कार्की नै दोषी हो भने कानुन सम्मत कारवाही गर्नुपर्छ जवर्जस्ती हत्यारा बनाइएको हो भने उस्ले न्यारी पाउनु पर्छ भन्ने यस समाचारको आशय हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend