logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सहि उमेर सहि कदमको बिमोचन


  • जन आकाश
  • बिहिबार, असोज २६ २०७४

     काठमाडौं ,२०७४ आश्विन २५ (राजेन्द्र वि.क)
अन्तरास्ट्रिय बालिका दिबसको अबसरमा सोलिड नेपालले अनलाइन पोर्टल “सहि उमेर सहि कदम” बिमोचन गरेको छ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको माननीय मन्त्री श्री आशा कोइरालले “sahiumersahikadam.org” औपचारिक रुपमा बिमोचन गर्नु भएको थियो । कार्यक्रममा सहकार्य गर्ने संस्थाहरु “प्लान इन्टरनेस्नल नेपाल”,”बालिका दुलही होइनन्” र “सोलिड नेपाल” को प्रतिनिधिहरु ,अन्य बिभिन्न संस्थाको प्रतिनिधि बालबालिका तथा युवाको बाक्लो सहभागिता थियो ।
अनलाइन पोर्टलको नेतृत्व लिएका डा.खेम कार्कीले यसको बारे छोटो जानकारी र यसको औचित्य बताएका थिए ।यो प्रोजेक्टमा आधरित नभइ सामजिक कार्यको रुपमा अघि बढाउन चाहेको र यसमा सहकार्य गर्न चाहने अन्य संस्था संग पनि सहकार्य गरेर जान सकिने जानकारी पनि डा. खेम कार्किले दिए ।
कार्यक्रममा अनलाइन पोर्टलको छोटो परिचय सहित पकेट शो पनि देखाइएको थियो जस्मा सहभागी कलाकारहरु पवित्रा भट्टराई ,अर्जुन जोशी र सुजन कोइराला थिए ।यस अन्लाईन पोर्टलबाट किशोरकिशोरी/युवायुवतीमा हुने यौन सम्बन्धी खुलदुलि राख्न र सोध्न सकिने,बाल बिबाह सम्बन्धि तथ्य थाहा पाउन सकिन्छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend