जन आकाश
काठमाडौं, कात्तिक ३ । नेवार समुदायमा प्रचलित पात्रो अनुसार नेपाल संवत् ११३८ आज सुरु भएको छ । देशभरका नेवार समुदायमा विविध कार्यक्रम गरी यसलाई मनाइँदैछ ।काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा, पाल्पा, बुटवल, बन्दिपुर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवतलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ ।राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब किसानहरुको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । लिच्छविकालमा साख्वाले यस्तो काम गरेका थिए । उनले सुरु गरेको नेपाल संवतलाई मौलिक रुपमा पनि मानिन्छ ।
गरीब किसानहरुको ऋण मोचन गराई सामाजिक सेवा गरेकाले साख्वालाई २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend