logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गुलरिया न.पा.को ६५ करोड बजेट नगरसभाबाट पारित


  • जन आकाश
  • मंगलबार, कार्तिक ७ २०७४

बर्दिया । गुलरिया नगरपालिकाको प्रथम नगरसभाले नगरको समग्र विकासका लागि उपप्रमुख सुशीला गिरीले आर्थिक बर्ष २०७४÷७५का लागि पेश गर्नु भएको रु ६५करोड ९९लाख ८५ हजारको प्रस्तावित बजेट पारित गरेको छ । पारित बजेटमा सडक पुर्वाधार निर्माण, सामाजिक सशक्तिकरण, महिला सशतिmकरण, शिक्षा, स्वास्थ्य र कृषि उत्पादकत्व बृद्धि लगायतका योजनाहरुलाई प्रमुख प्राथमिकतामा राखिएको छ । पारित बजेटमा पुँजीगत तर्फ ४८ करोड ६ लाख ६ हजार ५ सय २० र चालु तर्फ १४ करोड ९३ लाख ७८ हजार ४सय ८० रुपैया रहेको छ । नगरसभाले नगरप्रमुख मुक्तीनाथ यादवले पेश गर्नुभएको नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend