जन आकाश

नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली, २०७३ब् को विनियम १० मा मिटर रिडिङ्ग भएको ६०औं दिनसम्म विद्युत महशुस नबुझाएमा विना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने छ भन्ने व्यवस्था उल्लेख भएकोमा सो व्यवस्था विपरित ग्राहकहरुले लामो समयसम्म बाँकी वक्यौता महसुल नबुझाएको पाइएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो बाँकी वक्यौता रकम बुझाउन आउन सूचित गरिन्छ । उक्त अवधिभित्र वक्यौता महसुल नबुझाउने सम्बन्धित ग्राहकहरुको लाइन जुनसुकै समयमा काटिने व्यहोरा जानकारी गराउँदै सम्बन्धित कार्यालयले समेत यसै सूचनालाई आधार मानी बाँकी बक्यौता महसुल नबुझाउने ग्राहकहरुको लाइन काटी सोको विवरण यस निर्देशनालयमा उपलब्ध गराउन हुनसमेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण
वितरण तथा ग्राहक सेवा निर्देशनालय
दरबारमार्ग, काठमाडौं
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend