logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रदेश राजधानीको लागि लफडा


  • जन आकाश
  • सोमबार, पुष १७ २०७४

नेताहरु जनता भड्काउँदैछन् ।
बोकाको टाउको देखाएर कुकुरको मासु बेच्दैछन् ।
जनतालाई विकास चाहिएको छ राजधानीको विवाद होइन ।
जनतालाई सुशासन चाहिएको छ झन्झटिलो व्यवस्था होइन ।
काठमाडौं । यतिबेला देश संविधान कार्यान्वयनको अभ्यासमा लागिरहेको छ । जनताहरु नयाँ संविधानमा उल्लेखित विषयहरु कार्यान्वयन भएर आउन र त्यो नेपाली समाज, परिवेश सुहाउँदो व्यवहारिक छ की छैन ? छिटोभन्दा छिटो अभ्यास गर्न नेपालीहरु आतुर देखिन्छन् ।
तर देशमा यो वा त्यो वहानामा सोझा, इमान्दार जनतालाई झुटा कुरा बाँडेर उत्तेजित बनाउँदै नेता, समाजका अगुवा भन्नेहरु भित्रभित्रै पार्टीलाई करोडौं पैसा बुझाएर बस्ने र बाहिरी आवरणमा उद्योगी, व्यापारीको दुहाई दिँदै विभिन्न व्यापारिक संगठन खोलेर व्यापारी उद्योगीहरुको हितभन्दै सोझा, साझा व्यपारीले खुद नफाले मात्रै कष्टपूर्ण व्यापार गरिरहेका व्यापारीलाई व्यापारी संस्थाकै नामबाट शोषण गर्नेहरु नै विभिन्न बाहनामा यतिबेला प्रदेशको राजधानी कहाँ, कुन ठाउँमा भन्ने विवादको विजारोपण गरेर दुबैतर्फका नेपालीलाई उत्तेजित बनाएर अराजकता फैलाउन खोज्दैछन् । त्यसको नेतृत्व उद्योग बाणिज्य संघ मातहतका जिल्ला संघहरुले गरेका देखिन्छन् भने त्यसको पछाडी संसदीय व्यवस्था अन्तर्गत हाल निर्वाचनमा अरबौ लगानी गरेर चुनाव जितेका नेताहरुको समेत संलग्न देखिँदैछ । किनकी समाजमा शान्ति, सुशासन, अमनचयन भयो भने गरिखानेहरुले सुख पाउँछन्, जति अशान्ति, द्वन्द्ध भयो काला व्यापारी, तस्करहरुको, हतियार माफियाहरुको व्यापार बढ्छ तिनै काला व्यापारी अपारदर्शी ढंगले खर्च गरेर चुनाव जित्नेहरु हिंसा रोप्न तल्लिन देखिन्छन् । यो देशमा राम्रो काम गरेको झुठा कुरा देखाएर सधैं नेपाली जनतालाई दास बनाउन खोज्दैछन् । कहिल्यै पराधिन नभएको देश पराधिन बनाउन खोज्दैछन्, जनता झनै सचेत हुनुपर्ने अवस्था देखिँदैछ । बोकाको टाउको देखाएर हामीलाई कुुकुरको मासु बेच्न नेपालका नेताहरु प्रयास गर्दैछन् ।
नेपालीहरुलाई यतिबेला विकास चाहिएको छ । नेपालभरी यतिबेला धुलाम्मे छ । जहाँ स–साना बाटो भएका कारण दुर्घटना बढेको छ । शान्त प्राकृतिक वातावरण सभ्य भई बाँच्ने चेतनास्तर उन्नति प्राप्त गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, चुस्त दुरुस्त शासन, प्रशासन, सफा शहर, व्यवस्थित बसोबास, आधुनिक प्रविधिको विकास चाहिराखेका छन् । तर परिवर्तन नै परिवर्तनका नाममा सिंहदरबार छिर्ने, जिल्लाका नेता बन्ने नेता परिवर्तन भइराख्ने सरकारी ऐन नियम, प्रशासन प्रणालीमा कहिल्यै परिवर्तन भएको जनताले महशुस गर्न नपाउने आज पनि विद्यमान छ । त्यसैगरी भोलिसम्म भूलभूलैयामा देशलाई लानका लागि कहिल्य जातको नाममा लफडा कहिले भाषाको नाममा लफडा, कहिले बादको नाममा लफडा, कहिले कसैले बोलेको विषयलाई लिएर लफ्डा, कहिले राज्यको नामाकरणको विषयमा लफडा, लफडै लफडाबाट देशलाई तन्नम बनाइसक्दा पनि नपुगेर फेरी प्रदेशको राजधानी कहाँ सार्ने, कहाँ बनाउने, तानातान हानाहान गर्न, गराउने उद्यत व्यक्ति, पार्टी व्यापारीको आवरणमा तस्करी गर्नेहरु समाज अगुवाका नाममा देशको महत्वपूर्ण सूचना विदेशीलाई बेच्नेहरुलाई राम्रोसँग चिनेर जनताले जनकारवाही चलाउन ढिलो गर्नु हुँदैन । त्यसमा सचेत देशभक्त नागरिकहरुले आफ्नो राष्ट्र र राष्ट्रियतालाई संकट पर्दा जहिले पनि काँध थाप्नुपर्छ त्यो बेला वास्तविक राष्ट्रवादी र देशभक्तहरुको काँधमा यो जिम्मेवारी आएको जनताले बताउन थालेका छन्  ।
त्यसैले जो–जो मान्छेहरुले हाम्रो नेपाललाई विगार्न विगतमा काम गरे त्यो विगत भयो तिनलाई नेपालीहरुले माफी दिइसके तर आउँदा दिनमा नेपाल र नेपालीलाई विगार्ने सोच राखेर आउँछ भने त्यसको प्रतिवाद नेपालीले गर्ने गरी नेपालीहरु अग्रसर भएको देखिन्छ । त्यसकारण राजनीतिक पार्टीहरुले बेलैमा बुद्धि पु¥याउनु बेस होला ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend