जन आकाश
काठमाडौं । सोमबार काठमाडौंको माइतीघरमा सोमबार बिहानै जागरुक युवा अभियान नेपालले गरेको कार्यक्रममा युवा, युवती र बालबालिका टोपी लगाएर उपस्थित भएका थिए । नेपाली टोपीको संरक्षणमा जोड दिनुपर्ने उनीहरुको सन्देश छ । टोपीको संरक्षण र पहिचानलाई जोड दिँदै माईतीघर मण्डलादेखि शान्तिबाटिकासम्म ¥याली गर्ने कार्यक्रम छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले पनि आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend